खेल

कलर्स एक्स फ्याक्टर र पञ्चकन्या तेज फाइनल भिड्ने

कलर्स एक्स फ्याक्टर र पञ्चकन्या तेज फाइनल भिड्ने
असाेज - १५ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा कलर्स एक्स फ्याक्टर र पञ्चकन्या तेज भिड्ने भएका छन् । शनिबार भएको समूह चरणको अन्तिम खेलमा कलर्स एक्स फ्याक्टरले विशाल वारियर्ससँग अंक बाँडेपछि कलर्स फाइनलमा पुगेको हो । [caption id="attachment_29505" align="alignleft" width="300"]epl-nepal फाइल तस्बिर[/caption] पञ्चकन्या आफ्नो पांचवटै खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरेको थियो । विशाल र कलर्सबीचको आजको खेल वर्षाको कारण अबरुद्ध भएपछि दुवैले एक÷एक अंक बाँडेका थिए । यसअघि विशाल वारियर्सले दुई खेलमा जित हात पारेको थियो भने एक खेल बर्षाका कारण प्रभावित भएपछि कान्तिपुर गोर्खाजसंग अंक बाडेको थियो । कलर्सले भने यसअघि तीन खेलमा जित हात पारेको थियो । फाइनल खेल यही सोमबार कीर्तिपुर मैदानमा हुनेछ ।

EPL Nepal PanchaKanya

विशेष