कर्पोरेट

हिमालय एअरलाइन्सले सुरु गर्यो काठमाडौँ–कोलम्बो नियमित उडान

हिमालय एअरलाइन्सले सुरु गर्यो काठमाडौँ–कोलम्बो नियमित उडान
असोज – १५ । नेपाल चीनको सँयुक्त लगानीमा सञ्चालीत हिमालय एअरलाइन्स्ले शनिबारदेखि कोलम्बो, श्रीलंकामा सिधा हवाई सेवा शुरु गरेको छ । हिमालय एअरलाइन्स २८ वर्षपछि नेपाल र श्रीलंकाबीच पुनः हवाइ सेवा सुरु गरेको हो । himalayan_air नियमित उडानबारे टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ भने– ‘कोलोम्बोमा सञ्चालन गर्न लागेको उडानलाई हामीले अर्को कोशे ढङ्गा मानेका छौ किनकी हिमालयन एआलाइन्स् मात्र एउटा यस्तो एअरलाइन्स हो जसले काठमाडौ– श्रीलंका रुटको सेवा सञ्चालन गरेको छ ।’ दुई देशका व्यापारी र पर्यटकहरुले यस सेवालाई बढि प्रयोग गर्ने उनले बताए । उनले भने ‘हामीले आशा गरेका छौँ । हामी विश्वास गछौँ कि हाम्रो उत्कृष्ट सेवाले बजारमा हामीलाई अग्रणि सेवाप्रदायकको रुपमा प्रस्तुत गर्नेछ ।’ समयतालिका अनुसार विमान त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल काठमाडौँ बाट ११ः३० बजे (स्थानीय समय) उडेर १५ः०३ बजे (स्थानीय समय) बन्दरानाइके अन्र्तराष्ट्रिय विमानस्थल, कोलम्बोमा अवतरण गरेको थियो । विमानले कोलोम्बोमा आत्मीय स्वागत पाएको थियो । एअरलाइन्सले हप्ताको दुई दिन उडान भर्ने छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतारमा उडान गरेर आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । अब काठमाडौँ ÷कोलम्बो ÷काठमाडौँको उडान शुरु गरी केही महिनापछि एयरलाइन्स्ले दिल्ली, याङ्गोन, दमाम, लगायत बेइजिङ, ल्हासा, चेंगदु, बैंकक, हङकङ र दुवई मा पनि उडान गर्ने योजना बनाएको छ ।

Himalayan Himalayan airline

विशेष