दोस्रो हाफको गोल चेल्सीको जितलाई निर्णायक

असोज – १६ । शनिबार राति इंग्लिस प्रिमियर लिगमा भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले हल सिटीलाई २–० को गोल अन्तरले हराउँदै विजयी भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटमै कोस्टाले अर्को गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
जितपछि चेल्सी छैटौं स्थानमा उक्लिएको छ यसका साथै चेल्सीको सात खेलबाट १३ अंक भएको छ ।
chealsea
football
