एक टेष्टमा भारतीय खेलाडीले १५ लाख पारिश्रमिक पाउने

असोज–१६ । भारतीय निकै लोकप्रिय मानिने खेल क्रिकेटमा खेलाडीको पारिश्रमिक बढाइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइले टेष्ट क्रिकेटका लागि खेलाडीको पारिश्रमिक दोब्बर बढाएको हो । यसअघि प्रति टेष्ट क्रिकेटका लागि ७ लाख भारतीय रुपैयाँ पारिश्रमिक दिँदै आएकोमा त्यसलाई बढाएर १५ लाख भारतीय रुपैयाँ पुर्याइएकाे छ ।
यस्तै, वैकल्पिक खेलाडीका लागि पनि पारिश्रमिक सात लाख रुपैयाँ पुर्याइएको छ । टेष्ट क्रिकेटको लोकप्रियता बढाउन तथा नयाँ पुस्तामा क्रिकेटको मोह बढाउन खेलाडीको पारिश्रमिक बढाएको बिसिसिआईका अध्यक्ष अनुराग ठाकुरले बताएका छन् ।
Cricket
India
