गणतान्त्रिक मुलुकमा पूर्वराजाप्रति यस्तो आर्कषण ! (फाेटाे फिचर)

असाेज १६ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्न झुम्मिएको जनसागर व्यवस्थित गर्न गणतान्त्रिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।
पूर्वराजा शाहले पचली भैरव र गणेश मन्दिरमा पूजा गर्न आउने भनेपछि वसन्तपुर क्षेत्रमा सुभेच्छुकको भीड लागेको थियो । एक घण्टा लगाएर पूर्जाआजा गरेका पूर्वराजा प्रसन्न देखिन्थे ।
पूजाआजापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै पूर्वराजा शाहले देशमा शान्ति र स्थिरता होस् तथा सबै देशवासीको मनमा खुशी छाओस् भनेर प्रार्थना गरेको बताए।
पूर्वराजा शाहले दशैंभर शक्तिपीठहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको सहयोगीहरुले बताएका छन् ।
तस्बिर: गगन थापा
Gyanendra Shah
Pachali Bhairab






