कभर स्टोरी

पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 


मोटरसाइकल, गाडीलगायतका महंगा बस्तु किन्दा ग्राहक नराम्रोसँग ठगिने गरेको तथ्य नेपाल आजले गरेको खोजमा पाइएको छ । यसअघि यमाहा कम्पनीका मोटरसाइकलमा कसरी सत प्रतिसत ठगी भइरहेको छ भन्ने तथ्यसहितको सामाग्री नेपालआजमा प्रकासित भइसकेको छ । यमाहाजस्तै बजाज ब्रान्डका मोटरसाईकल विक्रेता कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लिले कालो बजारी गरिरहेको तथ्य नेपालआजलाई प्राप्त भएको छ । गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको भेटिएको छ । नेपाल आजलाई प्राप्त खरिद मूल्य, भन्सार मूल्य र बिक्रि मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले बाइक बिक्री गरिरहेको छ । discover-125-drum-nepalaaja


डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिसत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । नेपाल आज लाई प्राप्त भएको गोप्य विवरण आनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिसत नाफा खाने गरेको छ । pulsar-rs-200-nepalaaja


पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्यमोटरसाईकलमा २० प्रतिसत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्र मा उल्लेखित मुल्यमा भन्सार महसुल जोड्दा कर सहित को मूल्य हुन्छ । बिक्रि मूल्य बाट कर सहित को मूल्य घटाउदा कम्पनि को नाफा निस्किन्छ । मोटरसाईकलमा नेपाल सरकार ले १०३ प्रतिसत भन्सार महसुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिसत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ । bajaj-price-list-nepalaaja


‘यस्तो प्रतिष्प्रर्धा छ कसरी त्यत्रो नाफा लिन पाइन्छ र ? नाफा भनेको पाँच सात प्रतिसत मात्रै हो ।’ कम्पनीका अध्यक्ष शेखर गोल्छाले दाबी गरे । उनले नेपाल आजको हिसाव गराइ नमिलेको जिकिर गरे । तर, चार्टर एकाउन्टेन्टसमेत रहेका हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लि का उपाध्यक्ष अमित अग्रवालसँग नेपाल आजले सम्पर्क गरेको थियो । उनले सो विषयमा आफुलाई कुनै जानकारी नहुने र टिमसँग सल्लाह नगरी आफुले केही बताउन नसक्ने जनाए । आफ्नो शो रूम तथा विभिन्न डिलर बाट हंसराज हुलासचन्द गोल्छा एंड कम्पनि प्रा लि ले बार्षिक करिब ५५ हजारमोटरसाईकल बिक्रि गर्ने गरेको सरकारी तथ्यांकले देखाउँछ । नेपाल आजले विविन्न डिलरसँग गरेको सर्बेक्षणअनुसार डिलर ले एउटा मोटरसाईकल मा करिब ५ प्रतिसत कमिसन पाउँछन् । यही ५ प्रतिसत कमिसन बाट आफ्नो नाफा, प्रशासनिक खर्च, आदि धान्नु पर्ने गुनासो बजाज डिलरवालाको छ । उनीहरुले मोटरसाईकल आफ्नो शो रूम मा झार्न भने बैंक ग्यारेन्टी गर्नु पर्ने हुन्छ । हैसियत आनुसार उनीहरुले मोटरसाईकल बिक्रि गर्ने कोटा पाउने गर्दछन् । कम्पनीले धेरै प्रतिसत नाफा ग्राहकबाट लिने गरेको तर त्यसको थोरै हिस्सा मात्रै आफूहरुलाई दिने गरेको डिलरवालाको दुखेसो छ । एक डिलर संचालकका अनुसार मोटरसाइकलबाट प्राप्त हुने नाफाकोे ५ प्रतिसत बजार व्यवस्थापन र प्रशासनिक खर्चका लागि छुट्टाउनु पर्दछ ।

सरकारी कर्मचारी, राजनीतिक दल र गुण्डाको सेटिङमा ठूलो रकम खर्च हुने उनले जनाए, ‘माथि कम्पनीले डिलरको नाफा २० प्रतिसत भनेर हिसाव देखाउँछ । हामीलाई बढीमा सात प्रतिसत मात्रै दिन्छ । हाम्रो नाममा कम्पनीले मालामाल गर्छ । हामी तल ठोक्किदा ठोक्किदै हैरान हुन्छौँ ।’ कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख गरेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ – ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

ऐनले डिलर, एजेन्ट आदिलाई मुनासिब कमिसन दिन रोकको छैन । तर, यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुमा न्यूनतम ६० प्रतिशत नाफा राख्नै पर्ने हुन्छ । ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर पनि केही व्यापारीले मूल्य तोक्ने गरेको पाइएको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’

(आर्को भाग अन्य २ पांग्रे तथा चार पांग्रे सावारीसाधनमा हुने ठगीका बारेमा केन्द्रीत रहने छ । हुलास मोटर्स तथा अन्य कम्पनीका बारेमा प्राप्त गोप्यकाजजातको आधिकारिताको परीक्षण गरी क्रमशः सामाग्री प्रकासित गर्ने छौँ । चार पांग्रे गाडीमा नाफा झन चर्को लिने गरिएको देखिन्छ । ६० प्रतिशत सम्म नाफा लिएको तथ्य नेपालआजलाई प्राप्त भएको छ । एउटै गाडीबाट लाखौँ नाफा लिने गरेको तथ्यसहितको रिपोर्ट छिट्टै प्रकासित गर्ने छौँ )


र यो पनि,

► यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

► यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा


 

bajaj brahmalut sawarima brahmalut part 3

विशेष