कभर स्टोरी

मेडिकल शिक्षामा धमाधम बिदेशी विद्यार्थी ठगिदै

मेडिकल शिक्षामा धमाधम बिदेशी विद्यार्थी ठगिदै

नेपालका बिभिन्न मेडिकल कलेज, कन्सल्टेन्सी र चिकित्सा शिक्षा आयोगको मिलोमतोमा मोटो रकम भारतीय विद्यार्थीहरूबाट असुलेर ठग्ने काम भैरहेको छ। एमबिबिएसमा भर्ना गर्ने नाममा बिभिन्न मेडिकल कलेजहरूले भारतीय विद्यार्थीलाई अफर लेटरमा उल्लेख गरेर कन्सल्टेन्सी र दलालहरू सँग सम्पर्क गर्न निर्देशन दिएका छन्।

तोकिएका एजेण्ट मार्फत प्रि- वूकिङ्गको नाममा विद्यार्थीहरूबाट रकम असुलिँदै छ। नेपालको कानुन अनुसार प्रि- वूकिङ्ग को नियम कतै पनि छैन। तर तोकिएका दलालहरू मार्फत यी विद्यार्थीहरूबाट मोटो रकम असुलिने गरेको छ। दलालहरू कोही व्यक्ति छन् भने कोही कन्सल्टेन्सी। बिभिन्न कलेजका थरीथरी दलाल छन्। दलाल हरूको नामावली यस प्रकार छन :

१. नोबेल मेडिकल कलेज- वाइड रेन्ज कन्सल्टेन्सी/ सुदीप नायक
२. नेपाल मेडिकल कलेज - ऋषिकेश शाह सहित ४/५ जाना अरु नेपाली तथा भारतीय 
३. मणिपाल मेडिकल कलेज - सुदीप नायक
४. काठमाडौं मेडिकल कलेज- ऋषिकेश सहित ४/५ जाना अरु नेपाली र भारतीय
५. किस्ट मेडिकल कलेज - सन्तोष चौधरी
६. लुम्बिनी मेडिकल कलेज - विनय मिश्रा सहित अन्य २/३ जना
७. कलेज अफ मेडिकल साइन्स भरतपुर - सुदीप नायक, रबिन महतो,  राजीव झा लगायत ४/५ जना भारतीय।
८. नेशनल मेडिकल कलेज - ऋशिकेश साह / चन्द्दू मिश्रा 
९. जानकी मेडिकल कलेज - विनय मिश्रा तथा प्रताप लामा
१०. चितवन मेडिकल कलेज - अतुल सिंह

यी कन्सल्टेन्सी र दलालहरूले मोटो रकम असुल्ने गरेका छन्। यो रकम मेडिकल कलेज, कन्सल्टेन्सी र चिकित्सा सेवा आयोगका पदाधिकारीले वाड्ने श्रोत बताउछ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा .डा. अन्जनी कुमार झा भने विद्यार्थी आफै ठगिन कन्सल्टेन्सी जाने गरेको बताउँछन्। उनका अनुसार यसको नियमन गर्ने काम जिल्ला प्रशासन कार्यलयको हो। उनी थप्छन्,' हामीले गर्नुपर्ने काम गरेका छौ, मेडिकल कलेज, विद्यार्थी र कन्सल्टेन्सीको बिचमा आउँन मिल्दैन।'

र यो पनि: 

डाक्टर बन्ने भारतीय विद्यार्थीहरूबाट जनही १० लाख घुस  

विशेष