कभर स्टोरी

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिट

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिट

भारतले यही मंसीर १ गते भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्नेछ ।

 भारतले यसअघि २०७९ साल पुष २८–२९ सम्म भर्चुअल ढाँचामै पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो । भारतको यस नवीनतम पहलले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो । 

जी–२० को अध्यक्षता अवधिभर, भारतले ग्लोबल साउथका सरोकारहरुलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको छ ।

भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्नेछ ।  विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ । अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने हाम्रो साझा आकांक्षालाई पुरा गर्न आवश्यक तरिकाहरु उपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रुपमा काम गर्नेछ । 

भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख/सरकार तहमा हुनेछन् र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नु हुनेछ । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ । 

पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले २०७९ साल पुष २८ गते भर्चुअलि आयोजना गरिएको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा सहभागीता जनाएका थिए । सो बैठकमा अन्य राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागीता जनाएको थियो ।

विशेष