ट्वाइलेट जाँदा मोबाइल बोकेर जानु कति जायज

धेरै मानिसको बानी ट्वाइलेटमा पत्रपत्रिका वा पुस्तक पढ्ने हुन्छ । यसैगरी उक्त समयमा ट्वाइलेटमा मोबाइल लिएर जाने बानी पनि धेरैमा हुन्छ । ट्वाइलेटमा बस्दाबस्दै टाढा बस्ने साथीसँग भाइबर तथा फेसबुकमा कुराकानी गर्ने तथा म्यासेज पठाउने बानी पनि कतिपयमा हुन्छ ।
एक शोधले यस्तो बानीलाई गलत बताएको छ किनभने यसो गर्दा फोनमा किटाणु प्रवेश गर्नसक्छन् । पछि तिनै किटाणु शरीरमा प्रवेश गर्छन् । साबुनले हात धोए पनि मोबाइल धुन सकिँदैन । त्यसैले विज्ञहरू ट्वाइलेटमा मोबाइल लान नहुने बताउछन् ।
toilet Toillete