खेल

एथ्लेटिको मड्रिड शीर्ष स्थानमा, रियल र बार्सिलोनाको यस्ताे छ नतिजा

एथ्लेटिको मड्रिड शीर्ष स्थानमा, रियल र बार्सिलोनाको यस्ताे छ नतिजा
असोज–१७ । स्पेनीस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड एभरसँग बराबरीमा रोकिएको छ । त्यस्तै बार्सिलोना सेल्टा भिगोसँग पराजित भएको छ । la-liga रियल मड्रिड एभरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैठौं मिनेटमा एभरका मिडफिल्डर फ्रान राकोले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा रियलका ग्यारेथ बेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यही गोल अन्तिम गोल रह्यो र खेल बराबरीमा सकिएको हो । त्यस्तै बार्सिलोनालाई हराउने क्रममा सेल्टा भिगोका पायोनी सिस्टोले २२ औँ मिनेटमा गोल गर्दै सेल्टालार्य सुरुवाति अग्रता दिलाएको थियो । त्यस्तै ३१ औँ मिनेटमा अस्पासले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । बार्सिलोनाका म्याथ्युले ३३ औँ मिनेटमा आत्मघाती गोल गर्न पुग्दा सेल्टाले पहिलो हाफमै ३–० को अग्रता लियो । खेलको ५४ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पु¥याउँदा नेइमारले ६४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–२ को अवस्थामा पु-याएका थिए । खेलको ७७ औं मिनेटमा हर्नान्डेजको गोलबाट सेल्टा भीगोले आफ्नो अग्रता ४–२ मा पु-यायो । खेलमा फर्किने प्रयासमा खेलको ८२ औं मिनेटमा बार्सिलोनाका पिकेले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि आफ्नो टोलीलाई हारबाट भने जोगाउन सकेनन् । यता भ्यालेन्सियालाई २–० ले पराजित गर्दै एथ्लेटिको मड्रिड स्पेनीस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

La liga Cup

विशेष