प्रवास

साउदीमा नयाँ ट्राफिक नियम पारित, कुन कसुरमा कति जरिवाना ?

साउदीमा नयाँ ट्राफिक नियम पारित, कुन कसुरमा कति जरिवाना ?
साउन - १७ । साउदी सरकारको ट्राफिक विभागले नयाँ ट्राफिक नियम पारित गरेको छ । नयाँ पारित गरिइको ट्राफिक नियम दुई सातापछि लागू हुने घोषण गरेको छ । saudi_arabia उक्त नियम उलंघन गर्नेलाई २० देखि ६० हजार रियालसम्म जरिवाना हुने साउदीबाट प्रकाशित हुने अल मदिना अरबिक दैनिकमा उल्लेख गरिएको छ । मन्त्री परिषदको अगष्ट ८मा बसेको बैठकले उक्त ट्राफिक नियमको जरिवाना तोकेको थियो । यस्तो छ जरिवाना रेल्वेको टर््याकमा रोकेमा, अनुमति नपाएको गाडीले यात्रु बोकेमा, लाइसेन्स र गाडीको दर्ता कार्ड (इस्तिमारा) देखाउन अस्वीकार गरेमा, गाडीको नम्बर नदेख्ने गरी राखेमा, अर्काको लाइसेन्स वा इस्तिमारा प्रयोग गर्नेलाई एक देखि दुई हजार रियाल जरिवाना लगाउनेछ । रातो बत्तीमा गाडी चलाएमा, अबैध नम्बर प्लेट प्रयोग गरेमा, अर्काको गाडीको नम्बर प्रयोग गरेमा, स्कुलबसबाट बच्चा चढाउने र ओराल्ने बेला ओभरटेक गरेमा, चेकपोइन्टमा रोक्न अस्वीकार गरेमा वा सुरक्षाकर्मीले दिएको निर्देशन पालना नगरेमा र सार्वजनिक हित बिपरीत हुने स्टिकर प्रयोग गरेमा ३ देखि ६ हजार रियाल जरिवाना लगाउनुकौ साथै गाडी जफत गरिनेछ । गाडीमा अनाबश्यक रुपमा सजावट गरेमा, मादक पर्दाथ राखेमा वा प्रयोग गरेमा, सम्बन्धित निकायको सहमति बिना सडकमा सामान झारेमा वा त्यस्तै क्रियाकलाप गरेमा ५ हजार देखि १० हजार रियाल जरिवाना र गाडी जफत गरिनेछ । दुर्घटनास्थलमा गाडी रोक्न असफल भएमा, घटनाबारे सम्बन्धीत निकायमा खबर नगरेमा र घाइते ब्यक्तिलाई आबश्यक सहगोग नगरेमा १० हजार रियाल वा ३ महिना जेल हुने अल मदिना अरबिक दैनिकमा उल्लेख गर्दै कान्पिुरले लेखेको छ । ‘स्टण्ट—ड्राइभिङ’ (बलपुर्बक सडकमा गरिने ड्राइभिङ) गरेमा पहिलो पटक २० हजार रियाल र १५ दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक ४० हजार रियाल र ३० दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक कारबाहीको लागि अदालतमा समेत लगिनेछ । तेश्रो पटक पनि गरेमा ६० हजार रियाल, गाडी सधैको लागि जफत र अदालतमा कारबाहीको लागि लगिनेछ । जफत गरिएको गाडी बिक्री गर्न पाइने छैन् ।

Saudi new traffic law

विशेष