समाज

जङ्गली हात्ती भगाउन साइरन जडान

जङ्गली हात्ती भगाउन साइरन जडान
असाेज - १७ । जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ। भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु-याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो। [caption id="attachment_31258" align="alignleft" width="300"]wild_elephants एजेन्सी[/caption] तराई भू–परिधि कार्यक्रमको सहयोगमा हात्ती छिर्ने मुख्य सात ठाउँमा विद्युत्बाट चल्ने साइरन जडान गरिएको इलाका वन कार्यालय नौरङ्गाका सहायक वन अधिकृत दिनेश यादवले बताए। “साइरन जोडिएको ठाउँदेखि दुई किलोमिटर टाढासम्म साइरनको आवाज सुन्न सकिने भएकाले हात्ती भगाउन र सर्वसाधारणलाई हात्तीबारे जानकारी दिन सकिन्छ,” उनले भने। साइरनको आवाज ठूलो हुने भएकाले आवाज सुन्ने बित्तिकै हात्ती भाग्ने गर्दछ। सहायक वन अधिकृत यादवका अनुसार गाविस–९ अमरबस्ती, वडा नं ७ सिद्ध सामुदायिक वननजिक, इलाका वन कार्यालयको परिसर, वडा नं २ विनावारी लगायतका सात ठाउँमा साइरन जडान गरिएको छ।

Elephant in town

विशेष