खेल

पञ्चकन्याको अपराजित यात्रा

पञ्चकन्याको अपराजित यात्रा
असोज–१७ । कीर्तिपुर मैदानमा चलिरहेको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधी पञ्चकन्या तेजले जितेको छ । प्रतियोगिताका सबै खेल जितेसँगै उपाधि पनि आफ्नै नाममा गरेको छ । कलर्स एक्स फ्याक्टर्स र पञ्चकन्याबीच भएको फाइनल खेलमा कलर्सलाई ४० रनले हराएर पञ्चकन्याले उपाधी जितेको हो । panchakanya-tez पहिले टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याको जितको लागि आशिफ शेखले शतक पूरा गरे । उनले ६४ बलमा अविजित १ सय ११ रन बनाएका हुन् । कलर्सका अभिनास कर्ण, अमर रौतेला, सञ्जम रेग्मी, योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिए । पञ्चकन्याले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७१ रन बनायो । १ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्सले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो । कलर्सका लागि हरिशंकर शाहले ११ बलमा १४, ज्ञानेन्द्र मल्ले ३२ बलमा ४७, राजेश पुलामीले ३५ बलमा ३७ रन बनाए । पञ्चकन्याका करण केसीले ३, सुशिल कँडेल र शरद भेषावकरले २–२ साथै भुवन कार्की र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । जितसँगै पञ्चकन्याले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म लिग सञ्चालन भएकाे थियाे । पञ्चकन्या तेजमा रहेका खेलाडी १. शरद भेस्वाकर (कप्तान) २. सन्नी पुन ३. निर्मल थापा ४. सुसिल कँडेल ५. भुवन कार्की ६. करन केसी ७. आरिफ सेख ८. सन्जय श्रेष्ठ ९. सोनु तामाङ १०. पुष्प थापा ११. दिपेन्द्र सिंह एरी १२. प्रिथु बास्कोटा १३. जितेन्द्र मुखिया १४. कुशल भुर्तेल पञ्चकन्या तेजले आफ्नो पहिलो खेल सेप्टेम्बर २५ मा खेलेको थियो । पहिलो खेलमा जगदम्बा राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । दास्रो खेल पञ्चकन्याले सेप्टेम्बर २६मा खेलको थियो जसमा पञ्चकन्याले कलर्स एक्स फ्याकटरलाई ३४ रनले पराजित गर्यो । त्यस्तै पञ्चकन्याले तेस्रो खेल सेप्टेम्बर २८ मा कान्तिपुर गोर्खाज विरुद्धको थियो । त्यसमा पनि ३४ रनको जित हासिल गर्यो । पञ्चकन्याले आफ्नो चौथो खेल सेप्टेम्बर २९ मा सगरमाथा लेजण्ड्ससँग खेल्यो जसमा पञ्चकन्याले ५० रनको जित निकालेको थियो । पाँचौ खेल सेप्टेम्बर ३० मा विशाल वारियर्ससँग खेल्यो जसमा पञ्चकन्या २ विकेटले विजयी भयो ।

EPL Panchakanya Tez

विशेष