देश

ओभरटेक गर्न खाेज्दा याम्दीमा बस दुर्घटना

ओभरटेक गर्न खाेज्दा याम्दीमा बस दुर्घटना
असोज – १७ । पोखराको याम्दीमा बस दुर्घटना हुदाँ २ को मृत्यु २६ जना घाइते भएका छन् । काठमाडौबाट बागलुङ बुर्तिबाङ जादै गरेका बस पोखरा उपमहानगरपालिक २७ हेम्जाको याम्दीपुल भन्दा करिव ५० मिटरमाथि बस खेलमा पल्टिएको हो । Accident दुर्घटनामा परी गुल्मी जिल्ला नेटा गाविसव २ का ४७ वर्षिय मनरुपा अर्याल र उनका साढे दुई वर्षिय नाती अतित आर्यलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । दुर्घटना ढोरपाटन यातायात व्यवसायी संघद्वारा संचालित ग १ ख ६१६९ नम्बरको रात्री बस रहेको छ । अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको बसमा सबार यात्रुले जानकारी दिए । तीव्र गतिमा गुडेको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएर र्दुघटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएपछि पुगेको प्रहरी र सर्वसाधारणले उद्धार गरि घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पातल र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरूमा गुल्मी नेटा २ का सरस्वती अर्याल, जीवन अर्याल, नारायण अर्याल रहेका छन भने स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ती मगर, लेख बहादुरकामी, बाल कुमारी घर्तीमगर , तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्तीमगर ,शिला घर्तीमगर , बिश्वास घर्ती मगर घाइते भएका छन ।

Road accident in pokhara

विशेष