खेल

भारतले उछिन्यो पाकिस्तानलाई, विश्वको नम्बर १ टोली

भारतले उछिन्यो पाकिस्तानलाई, विश्वको नम्बर १ टोली
असोज–१७ । भारतले न्युजिल्यान्डविरुद्ध कोलकोताको इडेन गार्डेनमा भएको दोस्रो टेस्ट १ सय ७८ रनले जितेको छ । याे जीतसँगै तीन टेस्टको शृंखला भारतले २–० प्राप्त गरेर जित हाँसिल गरेकाे हाे । यसअघि कानपुरमा भएको पहिलो टेस्ट पनि भारतले जितेको थियो । indian-cricket-mach न्युजिल्यान्डविरूद्ध टेस्ट शृंखला आफ्नो पक्षमा पारेको भारत टेस्टको नम्बर १ टोली पनि बन्न पुगेको छ । यसअघि पाकिस्तान टेस्टको नम्बर १ टोली थियो । भारतले पहिलो इनिङमा ३ सय १६ र दोस्रो इनिङमा २ सय ६३ रन बनाएको थियो । प्रत्युत्तरमा टोलीले पहिलो इनिङमा २ सय ४ र दोस्रो इनिङमा १ सय ९७ रन मात्र बनाउन सफल भयो । चौथो दिनको खेलमा भारतीय बलर रवीन्द्र जडेजा, रविचन्द्रन अश्विन र मोहम्मद सामीको बलमा असहज महसुस गरेका किवी ब्याट्सम्यानले विकेट छिट्टै गुमाएका थिए । यी तीनै बलरले ३–३ विकेट बाँडे । दुवै इनिङमा अर्धसतक पुरा गरेका रिद्धिमान शाहलाई म्यान अफ दि म्याच घोषित गरिएको छ ।

विशेष