मनोरञ्जन

मोडल कार्दशियनलाई ट्वाइलेटमा बाधेर गहना लुटियो

मोडल कार्दशियनलाई ट्वाइलेटमा बाधेर गहना लुटियो

रियालिटी टीभी स्टार तथा चर्चित मोडल किम कार्दशियनको बहुमूल्य गहना लुट्ने व्यक्तिहरुको फ्रान्सको पेरिसमा व्यापक खोजी भइरहेको छ । एउटा कार्यक्रमका लागि पेरिस पुगेकाबेला सोमबार दुई बन्दुकधारीले अमेरिकी मेडल कार्दशियनको साथमा रहेको गहना लुटेका थिए ।

प्रहरीको पोशाक र नकाव लगाएका बन्दुकधारीले कार्दशियनलाई बाथरुममा बाँधेर गहना लुटेपछि फरार भएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा चोरीमा पाँचजना संलग्न रहेको देखिएको छ । लुटेराहरुले कार्दशियनको ६७ लाख अमेरिकी डलर बराबरको गहना लुटेको बताइएको छ ।

रियालिटी टीभी शो ‘किपिङ अप विथ द कार्दशियन’बाट लोकप्रियता कमाएका उनी फेसन विकमा सहभागी हुन आफ्नी आमा र बहिनीसँग न्यूयोर्कबाट पेरिस पुगेकी थिइन् ।

Kardasiyan kim kardashian

विशेष