इतिहासमा आज

देउवा सरकार सत्ताच्युत

देउवा सरकार सत्ताच्युत

sher-bahadur-dauba

असोज १८ । तत्कालीन राजा ज्ञानेन्द्रको २०५९ असोज १८ को शाही घोषणा भउको दिन । नेपालको इतिहासमा यो घोषणा निकै महत्त्वपूर्ण मानिन्छ । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ जेठमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गरी सोही साल असोजमा राजकीय सत्ता आफ्नो हातमा लिएका थिए ।

यो घोषणा गरेपश्चात् पञ्चायती व्यवस्थाकालिन आफ्ना केही सहयोगी लिएर राजाले प्रत्यक्ष शासन गरेका थिए । यस समयमा प्रेसमाथि सेना प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरिएको थियो । विभिन्न निजी रेडियो र टेलिभिजन स्टुडियोमा आक्रमणको शैलीमा सेना प्रवेश गरी उपकरणहरू लुट्ने कार्य भएको थियो ।

प्रकारान्तरले यो घोषणा उनको लागि मात्र नभै नेपालको राजतन्त्रका लागि नै घातक सिद्ध भयो । सबै राजनीतिक दलहरू आन्दोलनमा उत्रिए । १० वर्ष सम्म सशस्त्र युद्ध गरिरहेको माओवादी पनि आन्दोलनमा सरिक भयो र अन्तत राजाले विघटीत प्रतिनिधिसभा पुनर्स्थापित गर्न बाध्य भए । त्यसपछि भएको संविधानसभाको निर्वाचनले देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना भयो ।

Deuba Sarkar

विशेष