मासुः ठीक्क खाँदा फाइदै फाइदा, धेरै खाए मन्दविष
असोज । मासु ठीक्क खाँदा प्रोटिनको भण्डार हो । धेरै खाए मन्दविष । प्रोटिनको उच्च स्रोत मानिने मासुको बारेमा डा. ऋषिराज काफ्लेले यस्तो सुनाए । भन्छन ‘मासु कति र कसरी खाने धेरैजसो नेपालीलाई थाहा छैन’ ।
अधिकाशं नेपालीहरुको घरमा दसैैंको बेला मासुको परिकार धेरै पाक्ने गर्दछ । धेरै समयपछि भेटघाट हुने र आफन्तलाई टीका जमरा लगाइसकेपछि खानामा मासुको परिकारले स्वागत गर्ने चलन छ ।
तर, चारखुट्टे जनावरको मासुले मृगौलामा असर पुर्याउने डाक्टर काफ्ले बताउँछन् । दसैंमा प्राय नेपालीको घरमा चारखुटे जनावरको मासु नै पाक्छ । खसी, राँगा, भैसी बुंगुरलगायत अन्य जनावरको मासु दसैंमा पंक्षीजन्य र माछाको भन्दा कम खपत हुन्छ । त्यसैले दसैंमा खाएको मासुले मानिसलाई विरामी बनाउने निश्चित छ ।
धेरै मासु खानाले मुटु, सुगर, उच्च रक्तचाप, हृदयघात र पायल्स जस्ता रोगको खतरा वढ्छ । खानामा गरेको सानो असावधानीले स्वास्थ्यमा ठूलो असर पार्ने चिकित्सकहरु बताउँछन् । मासु खाएको कारणले रोग बिसेक भईसकपछि बल्झने र स्वस्थ्य मानिस समेत अस्पताल आउन बाध्य हुने डाक्टरहरुको भनाइ छ ।
मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोल बढाउँछ । जसका कारण अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ । दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मृगौला रोगले त अवश्य सताउँछ । युरिक एसिड हुने, मोटोपन बढ्ने, ग्यास्ट्रिक बढ्ने समस्या मासुले नै निम्त्याउने काफ्लेको भनाइ छ ।
मृगौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन् ‘४ खुट्टे जनावरको रातो मासु नखाकै राम्रो , यसले मृगौलालाई जस्तै मुटु र अन्य रोगीलाई पनि नकरात्मक असर पार्छ ।’ यसको प्रमाण विभिन्न अध्यनहरुले देखाएको उनी सुनाउँछन । हालसालै सिंगापुरमा १५ वर्ष लगाएर गरेको अध्यनले चारखुट्े जनावरको मासुले किड्नी बिग्रन्छ भन्ने देखाएको छ ।
मानिसमा कुनै पनि रोग नभएपनि मानिसको आयुसँंगै किड्नी पनि बुढो हुदै गईरहेको हुन्छ । जसका कारण बुढो किड्नीले मासुको प्रोटिन पचाउँन सक्दैन । काफ्ले भन्छन् ३० वर्ष भएपछि मानिसको किड्नी (मिर्गौला) कमजोर हुदै जान्छ । त्यसैले स्वस्थ्य मानिसलाई पनि मासुको कारणले विभिन्न समस्या देखा पर्न सक्छ ।
बुढो मृगौलालाई प्रोटिन बढी भएमा फाइदा भन्दा घाटा हुने काफ्ले सुनाउँछन । सिंगापुरमा गरिएको अध्यनअनुसार मिर्गौलाको लागि कुखुराको मासु,माछा, अण्डा सागपात र फलफुल लगायत खाएमा फाइदा पुग्छ । अध्यनमा स्पष्ट रुपमा भनिएको छ ‘चार खुट्टे जनावरको मासु मिर्गौलाको लागि घातक छ । यसले मृगौला बिग्रन्छ ।’ काफ्लेका अनुसार स्वास्थ्य मानिसको लागि मासु खानै नहुने होईन । तर, मासुको मात्रा र अनुपात मिलाएर खानु पर्छ । यसको लागि उमेरले पनि फरक पार्छ । त्यसैलै मिर्गौला रोगीले मासु खाँदा बोसोरहित खानु आवश्यक हुन्छ ।
डा. काफ्ले नेपालमा अधिकाशं मानिसहरुको किड्नी कमजोर भएको बताउँछन् । विभिन्न रोग लागेका र औषधि खाएका मानिसहरुलाई दसैमा धेरै मासु नखान सल्लाह दिन्छन् । उनी भन्छन ‘मासुले मृगौलालाई गम्भिर असर गर्छ, यसको अनुपात मिलाएर थोरै खाने गराै । मृगौलाको लागि मासु घातक छ, त्यसैले सोच बदलौ, मासु स्वास्थ्यको लागि हानीकारक छ ।’ –सागर बुढाथोकी
dashain tips right quantity of meat to consume in dashain