समाज

प्रधानमन्त्री ज्यू, ६ वर्षदेखि निर्दोष श्रीमान् जेलमा छन् दसैं कसरी मनाउँ ?

प्रधानमन्त्री ज्यू, ६ वर्षदेखि निर्दोष श्रीमान् जेलमा छन् दसैं कसरी मनाउँ ?
deepa-gautam-nepalaaja-01‘दैव लागेको ६ वर्ष भैसक्यो केको दसंै मनाउनु ।’ उनले प्रश्न गरिन ।  ‘मन खुसी भएपो दसै मनाउनु ?’ १५ दिनदेखि नयाँ बानेश्वरस्थित ट्रलीबस अगाडि धर्ना बसिरहेकी दीपा गौतम आफ्ना निर्दाेष श्रीमनको रिहाइको लागि सरकारकारलाई दवाव दिन धर्ना बसिरहेकी छन् । धर्ना स्तलकाे पाल मिलाउन क्रमा उनको खुट्टा भाँचियाे । तर, पनि उनले आश मारेकी छैनन् । उनको धर्नालाई दुई छोरी र छोराले साथ दिइरहेका छन् । छोराछोरीले बुबाको हातको टीका नथापेको पनि छ वर्ष पुगिसकेको छ । ‘देशमा ठूला–ठूला अपराधी गुण्डा नाइके खुलेआम हिँड्दा राज्य मौन छ, तर निर्दाेष व्यक्ति छ वर्ष जेलमा बस्दा राज्यले रिहाइ गर्न सक्दैन’ छ वर्षदेखि खाली निदार लिएर बसेका छोराछोरीको भनाइ छ । विश्वनाथ गौतम युनिटी लाइफको काण्डमा जेल परेका थिए । उनी निर्दोष भएको प्रमाणित भएपनि सरकारले चासो नदिदा जेल जीवन विताउन बाध्य भएका छन् । उनीसँग जेल परेका युनिटी लाइफका सञ्चालक भने रिहाइ भइसकेका छन् । deepa-gautam-nepalaaja-02 सबैलाइ दसंै लागेको बेलामा उनी चाडबाडको वास्ता नगरी धर्ना बसिरहेकी हुन । समयमै रिहाइ नगरे आमरण अनशन तथा सिहंदरबार घेराउ गर्ने बस्ने परिवारले चेतावनी दिएका छन् । धर्ना बसेको १५ दिन बितिसक्दा पनि सरकारी निकायबाट केही प्रतिक्रिया आएको छैन । यस्तो हुँदा देशमा सरकार नै नभएको महसुस गरेको दुखी हुँदै दिपाले सुनाइ । भद्र आन्दोलन गर्दा सरकार मौन रहन्छ भने जुलुस गर्ने उनले बताइन । दिपा भन्छिन सबैलाइ दसै आएको छ । तर ६ वर्ष देखि हामीलाइ दसै आएको छैन । धेरै प्रधानमन्त्रीबाट आश्वाशन पाइयो, केही भएन । उनले प्रचण्ड सरकारलाई लक्षित गर्दै प्रश्न गरिन् - '६ वर्ष देखि निदोर्ष श्रीमान जेलमा छन दशै कसरी मनाउ ?' उनलाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको गौतम परिवारले बताएका छन् । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयले प्रमाणित गरिसकेको छ । विगत छ वर्षदेखि गौतम नख्खु कारागारमा छन । उनी निर्दोष भएको कुरा कम्पनी रजिष्टारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कागे्रस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपा गौतमले रुदैँ भनिन् । दीपाअनुसार उनको पति विश्वनाथलाई ठगी मुद्दामा निर्दाेश भएपनि मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छुटाएको छैन् ।

र याे पनि 


► निर्दोष व्यक्ति छ बर्षदेखि कारागारमा, राष्ट्रपतिकै साथी न्यायका लागि रुँदै सडकमा (भिडियो सहित)


► युनिटीको अध्यक्ष जेलमुक्त, निर्दोष कर्मचारी ६ वर्षदेखि थुनामा, परिवारद्वारा आमरण अनशन बस्ने चेतावनी


► अन्यायमा परेर सडकमा आएका पीडित भन्छनः सरकार कहाँ छ देखाईदेउ

Bishwonath Gautam Bishwonath Gautama story by Sagar Budhathoki deepa gautam Unity Life

विशेष