मनोरञ्जन

सडकमा पोर्न फिल्म चलेपछि...

सडकमा पोर्न फिल्म चलेपछि...

इलेक्ट्रोनिक डिस्प्ले बोर्डमा पोर्न फिल्म चलिरहेको देखेपछि यात्रु टक्क रोकिए । यात्रुहरु रोकिएर फिल्म हेर्न थाले ।  सडकमा जाम बड्यो ।  सो घटना इन्डोनेसियाको राजधानी जाकार्ताको सडकमा भएको हो ।

हिडिरहेका मानिस अचानक हैरान भए जब इलेक्ट्रोनिक डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्न थालेको थियो । त्यो पनि सहरका मेयरको निवास नजिक । सो भिडियो ५ मिनेटभन्दा बढी चल्न भने पाएन । मजाले पार्ने फिल्म हेरिहेका मानिसहरु आफ्नो बाटो लागे । यसका कारण जाकार्ताको दैनिक बिग्रन पाएन । तर, यही कारणले जाकार्तामा भने सनसनी मच्चिएको छ । त्यहाँको सूचना विभागले यो घटनाले गम्भीर रुपले लिएको छ ।

डिस्प्ले बोर्ड नीजि कम्पनीले राखेको र त्यो ह्याक भएको हुन सक्ने अनुमान गरिएको छ । ट्वीटेहरुले डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्नु दुर्भाग्यपूर्ण भएको बताउँदै ह्याकरलाई मयार्दीत हुन आग्रह गरेका थिए । हालका दिनमा उचित परमिट र लाइसेन्स नभएको भन्दै सरकारले ५० भन्दा बढी बोर्ड हटाएको थियो ।

Indonesia porn in road sadak ma porn film herna thaliyo

विशेष