समाज

युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, यस्ता छन् निर्णय

युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, यस्ता छन् निर्णय
असाेज - १८ । 'बोडे घोषणापत्र’ जारी गर्दै नेपाली युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषदको आयोजनामा भएको सम्मेलनको मुख्य नारा ’युवा सामाजिक उद्यमशीलताको विकास: उद्यमशिलता नै देश निर्माणको आधार’ तय गरिएको थियो । [caption id="attachment_30847" align="alignleft" width="239"]youwa-parisad एजेन्सी[/caption] सम्मेलनमा ६ वटा फरक फरक बिषयवस्तुका कार्यपत्र उपर भएका छलफल तथा राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ प्रस्तुत भएका थिए । पेश गरिएका कार्यपत्र र कार्यपत्र उपर भएका छलफलका आधारमा युवा तथा खेलखुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैर आवासीया नपाली संघले नेपाली युवाको सहभागितामा उद्यमशीलताको विकास मार्फत नेपालको दिगाे विकासका लागि संयुक्त घोषणा पत्र जारी गरिएको मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । सम्मेलनले गुणस्तरिय तथा व्यवसायीक शिक्षा , रोजगारी र उद्यमशिलता , स्वास्थ्य र सामाजिक सुरक्षा लगाएतका बिषयमा बिभिन्न योजना तर्जुमा गरेको छ ।सम्मेलनको समापन सत्रमा बोल्दै युवा परिषदका कार्यकारी उपाध्यक्ष माधबप्रसाद ढुंगेलले युवा परिषद नेपाल विकासको लागि कोशे ढुंगा साबित हुने बताए । सम्मेलनमा नेपाल भरका ७५ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने ५० भन्दा बढी मुलुकका गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

NRN Nepal Youwa Samelan

विशेष