ताजा खबर समाज

स्याल आतंक ४० घाइते

स्याल आतंक ४० घाइते

Jackale असोज १९ । रौतहट जिल्लाका विभिन्न ठाउँमा बौलाहा स्यालले टोक्दा ३५ जनाभन्दा बढी घाइते भएका छन् । तीमध्ये १८ को अवस्था गम्भीर छ । गरुडा, महम्मदपुर , पिपराचरुखी, गम्हरियालगायत गाउँका बासिन्दा घाइते भएका हुन् ।

स्यालले सोमबार साँझ ४ जनालाई र अरुलाई मंगलबार विहान शौच गर्न गएका बेला टोकेको हो। घाइतेमध्ये २६ को गौर अस्पताल र अरुको गरुडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

विहान शौच गर्न गइरहेका बेला बाटोमा स्यालले आक्रमण गरेको गम्हरिया–८ की सुनितादेवी रामले बताइन्। ‘हेर्दाहेर्दै स्यालले झम्टिहाल्यो,’ उनले भनिन्, ‘भाग्ने मौकै पाइनँ।’ बिहान घरबाट निस्कँदा आगनमै स्यालले घाँटीमा टोकेको अर्का घाइते सुनपतिया देवी साहले बताइन्।

गौर अस्पताल पुगेका घाइते तत्काल उपचार नपाएपछि आक्रोशित भएका छन् । घाइतेमध्ये १८ लाई घाँटीभन्दा माथि टोकेको अस्पतालका प्रमुख नागेश्वर जयसवालले बताए । उनीहरुको अवस्था गम्भीर छ। घाइतेलाई एआरभी भ्याक्सिन दिइएको छ। जिल्लामा भ्याक्सिन अभाव भएकाले थप उपलब्ध गराउन मंगलबार मध्यमाञ्चल क्षेत्रीय स्टोरलाई पत्राचार गरिएको जयसवालले बताए ।

अन्नपूर्ण

Shyal Atanka

विशेष