आगलागीबाट एक बच्चाको मृत्यु

असोज १९ । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीमा उनका दिदी र दाई — ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घरमूली सागर तिमल्सिना सामान्य घाइते भएको र उनी पनि सुपारेटार ब्यारेकमा उपचार गरी फर्केको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
aglagi