मनोरञ्जन

विग्रियो अनुष्का विराटको सम्बन्ध

विग्रियो अनुष्का विराटको सम्बन्ध

anuska-birat

असोज १९ । बलिउड अभिनेत्री अनुष्का शर्मा पछिल्ला फिल्ममा सफल छिन् । उनले काम गरेका फिल्म सफल भएकैले होला, उनको ‘डिमान्ड’ पनि बढिरहेको छ ।

तर, व्यक्तिगत जीवनमा यी अभिनेत्री विभिन्न विवादमा तानिइरहेकी छिन् । जस्तो कि उनको र क्रिकेटर विराट कोहलीको सम्बन्ध बारम्बार बिग्रिएका खबर आइरहेका छन् ।

केहीअघि यी दुईले एक–अर्कासँग छुट्टिएको बताएका थिए । तर, त्यसको केही समयमा नै फेरि उनीहरू सँगै देखिए । विराट अनुष्काको फिल्मको सुटिङ स्थल पुगे भने अनुष्का विराटका खेल हेर्न विभिन्न देश पनि पुगिन् ।

अब फेरि यी दुईको सम्बन्ध बिग्रिएको खबर बाहिर आएको छ । र, यसको कारण उनीहरूको विवाहसँग सम्बन्धित छ । यसअघि पनि विवाहकै कुरा आएपछि यी दुईको सम्बन्धमा खटपट सुरु भएको थियो । अहिले पनि विराटले अनुष्कालाई विवाह गर्न प्रस्ताव गरेको र अनुष्काले अहिले आफू करिअरमा ‘फोकस’ हुने बताएपछि उनीहरूको सम्बन्ध छुट्न सक्ने अनुमान गरिएको हो ।

Anuska Birat

विशेष