मनोरञ्जन

‘कुछ कुछ होता है’मा सबै कुरा गलत भएकाे करण जोहरकाे दाबी

‘कुछ कुछ होता है’मा सबै कुरा गलत भएकाे करण जोहरकाे दाबी
असाेज १९ । सन् १९९८ मा बनको फिल्म ‘कुछ कुछ होता है’ १८ वर्ष पूरा भइसकेको छ । १८ वर्ष भएपछि फिल्म निर्माता तथा निर्देशक करण जोहरले फिल्मको बारेमा लिएर अनौठो रहस्य खोलेका छन् । karan_story_650_022814040234 करणले उक्त फिल्मको स्क्रिप्ट २४ वर्षको उमेरमा लेखेका थिए । त्यो समयमा नै उनले अर्को फिल्म ‘कभि खुशी कभि गम’को स्क्रिप्ट लेखेका थिए । अहिले आएर चकित हुँदै करण भन्छन्, ‘यो दुई फिल्म मैले कसरी लेखे केही याद छैन । यस्तो आइडिया मेरो दिमागमा कसरी आयो होला भनेर म अहिले पनि चकित छु ।’ जागरण फिल्म फेस्टिभलमा बोल्दै निर्माता करणले फिल्म ‘कुछ कुछ होता है’लाई लिएर केही असन्तुष्टि जनाएका छन् । करणले भने, ‘सायद मैले त्यो फिल्म अहिले बनाउन पाएको भए त्यसलाई अर्कै ढङ्गबाट बनाउने थिएँ । ’ करणका अनुसार उक्त फिल्मको थिम बिलकुल वाहियात थियो । किन वाहियात थियो भन्ने पनि करणले प्रस्ट्याएका छन् । करणका अनुसार, ‘मानिस जिन्दगीमा एक पटक मात्र प्रेममा पर्छ र विवाह एक पटक मात्र गर्छ । तर फिल्ममा राहुल दुई पटक प्रेममा पर्छन् र दुई पटक नै विवाह गर्छन् । यसका साथै एउटी आठ वर्षकी फुच्चीले आमाले छोडेका त्यति धेरै चिठि पढ्नु अलि नसुहाउँदो विषय हो । यो सबै वाहियात भएपनि अन्तिममा यसले केही न केही सेन्स बनायो ।’

kabhi khusi kabhi gam Karan Johar kuchkuch hota hai

विशेष