मुटुरोग विशेषज्ञ भन्छन् : मुटुरोगीको लागि मासु विष हो
गठ्ठाघरस्थित हेल्दी हर्ट क्लीनिकमा मुटुको बिमारीहरु लामो लाइन छ ।
क्लीनिकमा मुटुरोग बिशेषज्ञ डक्टर रोशन राउत बिरामीहरु जाँच गरिरहेका छन । मुटु रोगको नामी डाक्टरको प्रतिक्षमा बाहिर थुप्रै मुटुका बिरामीहरु कुरिरहेका छन् । लामो प्रतिक्षापछि डाक्टर रोशन राउतसंग भेट भयो । उनले सुरुमै भने ‘दसैंको बेला बिरामी कम होलान भनेको, पहिला जस्तै चाप छ ।’ उनको क्लीनिकमा बिरामी चाप हुनु स्वाभाविक हो ।
किनकि, मुुटुको डाक्टरहरुको नाममा अनुभवी डाक्टर रोशन राउतको नाम अगाडि नै आउछ । धेरै टाढाबाट उनलाइ खोज्दै आउने बिरामीहरु धेरै हुन्छन् । अनी, कुराकानी सुरुवात भयो ।
दसैंको बेला के खाने के नखाने उनले यसबाट नै कुराकानी सुरुवात गरे । उनका अनुसार मुटुसँग खानाको गहिरो सम्बन्ध छ । भोजनको मात्रा छनौट गर्दा व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनु पर्ने उनी बताउँछन् । दसैंको बेला खानामा ध्यान नपु¥याए मुटुलाइ गम्भीर असर गर्ने उनले बताए ।
घिउ, नौनी, छाली, बटर र बोसो जस्ता खाद्यय स्रोतबाट पाइने चिल्लो पदार्थ सेवन नगर्न उनी मुटुरोगीलाइ सल्लाह दिन्छन । भन्छन ‘मासु पकाउन अत्यन्त कम वनस्पति तेलको उपयोग गर्नुपर्छ । शुद्धतोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम हुन्छ । ’ उनका अनुसार मुटुरोगी पूर्ण शाकाहारी भएमा रोगले धेरै च्याप्दैन ।
माछामासुमा पाइने बोसोले कोलेस्टेरो बढाउँछ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु खानु हुदैन । माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खादा त्यस्तो गम्भीर असर गर्दैन । उनी भन्छन ‘मुटुरागीहरुले नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन ।
बिस्कुट, नुडल्स, कार्बाेनिक र अल्कोहलिक पेयजस्ता क्यालोरी मात्र दिने पदार्थ मुटुको लागि राम्रो होइन ।’ त्यसैगरि, मुटु रोगीहरुले पेटभरी कोचीकोची खाने बानी राम्रो होइन । पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्ने डाक्टर राउत बताउछन । भन्छन ‘ठोस भोजन दिनको दुई पटकमात्र गनुपर्छ । बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्दो कम गरेको राम्रो । अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खानु राम्रो हुन्छ । ’
डक्टर राउतका अनुसार खानामा नुनको मात्रा दुई–तीन ग्राममात्र हाल्नुपर्छ । अजिनोमोटो, सोडियमबाइकर्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउँने उनको भनाइ छ ।
‘दसैंको बेला सबैतिर मासु खाने चलन छ । मुटु रोगीले के खाने त ?’ ‘मुटुरोगीलाइ मासु विष जस्तै हो ।’ डाक्टर राउत भन्छन ‘त्यो त खानै हुन्न । खानमा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ । सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ । यी खानाले मुटु रोगलाइ फाइदा गर्छ ।’ ‘हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ ।
एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघातपछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ । त्यसैले यस्ता खाना खाएमा मुटु रोगीलाई फाइदा हुन्छ । मुटुरोगबाट बच्न मासु त्याग्नै पर्ने हुन्छ ।’ उनले मुटुरोगबाट जागिने उपाय सुनाए ।
dashain tips 2 what to eat in dashain