चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

असोज–१९ । रसुवा र नुवाकोटको १५ गाविसमा नेपाल टेलिकमको टेलिफोन सेवा चार दिनदेखि अवरुद्ध भएको छ ।
टेलिकमको सेवा अवरुद्धका कारण १५ गाविसका करिब ५० हजार स्थानीय प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल टेलिकमले भने नुवाकोटको फिकुरीमा रहेको टावर स्टेशनमा खराबी आएकोले सेवा अवरुद्ध भएको जनाएको छ ।
टेलिकमको कार्यालयमा गएर सेवा अवरुद्ध भएको जानकारी गराएपनि टेलिकमले सेवा दिन नसकेको स्थानीयले गुनासो पोखेका छन् ।
nepal telicome
nuwakot
Rasuwa
telicomeko sewa abarudda
