Technology

याहूले नै प्रयोगकर्ताको एकाउन्ट इमेल स्क्यान गर्ने

याहूले नै प्रयोगकर्ताको एकाउन्ट इमेल स्क्यान गर्ने
असोज–१९ । याहु कम्पनीले अमेरिका सरकारका लागि आफ्ना लाखौँ प्रयोगकर्ताको इमेल एकाउन्टको स्क्यान गर्ने भएको छ । अमेरिकी गुप्तचर विभागका लागि याहुले आफ्ना प्रयोगकर्ताको इमेल एकाउन्ट स्क्यान गर्ने गरेको हो । yahoo गएको वर्ष आफ्ना प्रयोगकर्तालाई आउने गरेका इमेलको बारेमा विशेष जानकारी अमेरिकी गुप्तचर विभागलाई दिनका लागि विशेष सफ्टवेयर बनाएको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी तथा संघीय जाँच आयोग एफबिआइका लागि उनीहरुको आवश्यकता अनुसार जानकारी दिने गरेको तीन पूर्व कर्मचारीलाई उद्धृत गरिएको छ । याहुले आफ्ना धेरै प्रयोगकर्ताको जानकारी ह्याकरले चोरी गरेको बताएको दुई हप्तापछि याहुले नै त्यस्ता जानकारी दिने गरेको रिपोर्ट सार्वजिनक भएको हो ।

E-mail yahoo yahoole email skyan garne

विशेष