सुवारेजको तलब बढाउँदै करार थप गर्ने तयारी

असोज – १९ । स्ट्राइकर लुइस सुवारेजलाई सन् २०२० सम्म क्लबमा राख्न बार्सिलोनाले करार अवधि थप गर्ने भएको छ ।
सुवारेजले हाल हप्ताको १ लाख ७० हजार पाउण्ड कमाउँछन् । उनको करार सन् २०१९ सम्म रहेको छ । तर प्रशिक्षक एनरिकेले भने उनलाई थप एक वर्ष राख्दै तलब १ लाख पाउण्डले वृद्धि गर्ने तयारी गरेको स्पेनिस पत्रिकाहरुले जनाएका छन् ।
स्पेनिस मिडियाका अनुसार सुवारेजले अब नेयमारले जस्तै समान हप्ताको २ लाख ७२ हजार पाउण्ड कमाउनेछन् । उता, मेस्सीले भने ३ लाख ६० हजार पाउण्ड कमाउँछन् ।
लिभरपुलबाट बार्सिलोना आएपछि सुवारेजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस सिजन उनले १० खेलमा ८ गोल गरिसकेका छन् ।
Barcelona
luise swarez
