खेल

आइकेएफले पाकिस्तानमाथि अन्याय गरेको पाकिस्तानी कबड्डी फेडेरेशनका प्रमुख रानाकाे आरोप

आइकेएफले पाकिस्तानमाथि अन्याय गरेको पाकिस्तानी कबड्डी फेडेरेशनका प्रमुख रानाकाे आरोप
असोज–१९ । आगामी शुक्रबारबाट भारतमा हुने विश्वकप कबड्डीमा अन्तराष्ट्रिय कबड्डी फेडरेशन आइकेएफले पाकिस्तानलाई सहभागी हुन निषेध गरेको छ । आइकेएफलका प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच जारी तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेको बताए । 14580330_1090999597674664_1167602383_n उनले भने, ‘उरी हमलापछि भारत र पाकिस्तानको सम्बन्ध त्यति राम्रो छैन, भारतमा हुने प्रतियोगीतामा सहभागीता जनाउँदा विशेषतः पाकिस्तानका खेलाडीले असहज महसुस गर्ने भएकाले उक्त टिमलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेका हौँ ।’ यता पाकिस्तानी कबड्डी फेडेरेशनका प्रमुख राना मोहम्बद सरबारले भने आइकेएफले पाकिस्तानमाथि अन्याय गरेको आरोप लगाएका छन् । उनले भने, ‘यदी दुई देशको तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरिएको छ भने भारतलाईसमेत प्रतियोगीता खेल्न निषेध गर्नु पर्ने हो ।’ उनले आफूहरुले आफ्नो सहभागीताका बारेमा छलफल गरेर प्रतियोगीता संचालन गर्न पटक पटक आग्रह गर्दासमेत आइकेएफले भारतको समर्थन लिँदै बैठकमा बस्न आलटाल गरेको आरोप लगाए ।

India Pakistan Kabaddi world cup Kabadi

विशेष