देश

दुर्घटनामा एककाे मृत्यु

दुर्घटनामा एककाे मृत्यु
असोज २० । लोकन्थलीमा आज अपराह्न बा४ख ३०२० नंको टिपरले बा३४प ६३१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–५ देकोचा बस्ने ४९ वर्षीया इन्दिरा बिजुक्छेको मृत्यु भएको छ । छ लेन सडकमा तीव्र गतिमा आएको टिपरको ठक्करले मोटरसाइकलमा सवार मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । मृतकका श्रीमान् मोटरसाइकल चालक ५५ वर्षीय राजमान भने घाइते भएकाले नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिएलगत्तै फरार टिपर चालक मन्थली–९ रामेछापका शिव भुजेललाई प्रहरीले कोटेश्वरबाट नियन्त्रणमा लिएको छ । दुर्घटनालगत्तै आक्रोशित भिडले टिपर तोडफोड गरी आगजनी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा केहीबेर प्रहरी र भीडबीच सामान्य झडप भएको थियो ।

road accident

विशेष