ताजा खबर फुड

राजमार्गमा यात्रुलाई सधै गुणस्तरहीन खाना

राजमार्गमा यात्रुलाई सधै गुणस्तरहीन खाना

राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निः शुल्क स्वादिष्ट भोजन । दशैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सधैजसो यही क्रम चल्दै आएको छ ।

राजमार्गका होटल तथा रेस्टुरा व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तिनै होटल तथा रेस्टुराले चालकका लागि भने अलग्गै कोठमामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुबहाक बसका चालकसहित स्टाफका लागि खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा , पापड, सलाद लगातको व्यवस्था गरिने गरेको छ ।

चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्सबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटल व्यवसायीले दिने चालकहरु बताउँछन् ।

Tranpotation In nepal

विशेष