मनोरञ्जन

नेपाली सुन्दरी अस्मी श्रेष्ठ मिस वल्र्डमा भाग लिन अमेरिका प्रस्थान

नेपाली सुन्दरी अस्मी श्रेष्ठ मिस वल्र्डमा भाग लिन अमेरिका प्रस्थान

miss-nepal1

असोज २१ । द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

‘अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनलको तयारी पुरा भएको छ,’ आयोजकका गोपालसुन्दरलाल कक्षपतिले भने,‘प्रशिक्षण अवधीभर आ–आफ्नो प्रोजेक्ट समेत गरेका थिए। यसले उनीहरुलाई अन्तराष्ट्र्रिय प्याजेन्टमा सहभागि हुन महत्वपूर्ण भूमिका खेल्नेछ। आशा गरौं सबै सहभागिले नेपालको प्रतिनिधित्व गरेसँगै उपाधीपनि जित्नेछन् ।’

यसवर्षकी मिस नेपाल अस्मी श्रेष्ठ आगामी पुस ३ मा अमेरिकामा हुने मिस वल्र्डको अन्तिम तयारीमा जुटेकी छिन् । मिस वल्र्डअन्तर्गत मूख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल अस्मीले ‘क्लासरुम एन्ड वियोन्ड’नामक प्रोजेक्ट तयार गरेकी छिन् ।

‘मिस वल्र्ड अन्तरर्गत व्युटी विथ पप्रोजमा मैले नेपाली बालबालिकाको शिक्षालाई जोड दिएको छु । बालबालिकाको शिक्षाको लागि मैले भूकम्प प्रभावित गोर्खामा स्कूलको निर्माणमा जुटेको छु। मेरो यो प्रोजेक्टमा पूर्व मिस नेपाल इशानी श्रेष्ठले एक लाख सहयोग गरेकी छन्,‘मिस नेपाल अस्मी श्रेष्ठले भनिन,‘केही महिनादेखि महिनादेखि मिस वल्र्डको प्रशिक्षण गरिरहेको छु । प्रतियोगिता अवधीसम्म नेपाललाई विश्वमा परिचित गराउने कोशिस गर्नेछु । प्याजेन्टमा नेपालको प्रतिनिधित्व गर्न उत्साहित छु।’ मिस वल्र्डको ६६ औं संस्करणमा नेपालबाहेक ४७ देशका प्रतियोगिहरुले सहभागिताको लागि सिट पक्का गरिसकेका छन् । त्यस्तै ३४ देशमा मिस वल्र्डमा सहभागि हुने सुन्दरी प्रतियोगिताहरु हुन बाँकी छन् ।

Miss Nepal Miss world

विशेष