फुड

अष्ट्रिचकाे मासु स्वास्थ्यको लागि फाइदै फाइदा

अष्ट्रिचकाे मासु स्वास्थ्यको लागि फाइदै फाइदा

ostriz मासुमा प्रोटिन, भिटामिनहरु त्था अन्य विभिन्न स्वास्थयबर्द्घक तत्वहरु पाइन्छ । यी तत्वहरुले मानिसलाई स्वस्थ रहन र रोगसंग लड्ने क्षमता अभिवृद्घ गर्नका लागि सहयोग गर्दछन् । त्यसैले मासु सेवन गर्नका लागि चिकित्सकहरुले पनि सल्लाह दिन्छन् ।

अहिले विश्व भरी नै खानपान र जीवनशैलीमा आएको परिवर्तनसंगै मानिसहरुलाई बिभिन्न रोगहरुले आक्रमण गर्न थालेका छन् । र, यो क्रमवृद्घ हुँदै गएको पाइएको छ । अर्को्तिर, हामीले खाने खानामा पर्याप्त मात्रामा पौष्टिक तत्व नभएकाकारणले पनि हामी रोगको शिकार हुन पुग्छौं ।

कोलेष्ट्रोल, ट्राइग्लिस्राइड आदि बढे पछि चिकित्सकहरुले रातो मासु (बफ, मटन, पोर्क आदि) नखान सल्लाह दिन्छन् । तर, धेरै मानिसहरुलाई रेडमिटको स्वाद नलिएसम्म मासु खाए जस्तो अनुभव नै हुँदैन ।

त्यसैले चिकित्सकहरुले नखान सल्लाह दिँदादिँदै पनि कतिले अनियन्त्रित रुपमा रातो मासु खाइदिन्छन् । अनी कोलेष्ट्रोल, ट्राइग्लिस्राइड र यूरिक एसिड आदिको समस्याबाट गुज्रिन्छन् र कहिले काँही ज्यानलाई नै जोखिममा पार्दछन् ।

अष्ट्रिच मिट

अष्ट्रिच मिटलाई रेड मिट मानिन्छ । तर यसमा अन्य रेड मिटले गर्ने बेफाइदा छैनन् । बरु, यसका थुप्रै फाइदाहरु छन् । अहिले नेपालमै व्यवसायिकरुपमा अष्ट्रिच पालन सुरु भइसकेको छ । र, अष्ट्रिच मिट नेपाली बजारमा उपलब्ध हुन थालिपनि सकेको छ । मूल्य पनि हाललाई झण्डै खशीको मासुकै वरिपरि हुने गरी कायम गरिएको छ । त्यसैले यो महंगो पनि छैन ।

अष्ट्रिच मिटमा के पाइन्छ ?

अष्ट्रिच मिटमा ओमेगा ३, ६ र ९ पाइन्छ । त्यस्तै गरी, प्रोटिन, म्याग्नेसियम, भिटामिन ई तथाअन्य भिटामिनहरु, सिलेनियम, आइरन, फस्फोरस, पोटासियम आदिपनिपाइन्छ । यी तत्वहरुबाट हुने फाइदाहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

ओमेगाःअष्ट्रिच मिटमा पाइने ओमेगा ३ ले कोलेष्ट्रोललाई सन्तुलित गर्न सहयोग र्पुयाउँछ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । र, हार्ट अट्याक, स्ट्रोक आदिबाट हुने

जोखिम न्यूनिकरण गर्छ । यसमा पाइने ओमेगाले पाचनप्रणालीमा गडबडि, अस्थमा, डाइबिटिज, अर्थराइटिस, ओस्टियोपारोसिस लगायत रोगसंँग लड्ने क्षमतामा पनि अभिवृद्घ गर्छ । तर, अन्य रेममिट सेवनगर्दा भने खराब कोलेष्ट्रेल (एलडिएल) बृद्घ हुने सम्भावना अत्याधिक हुन्छ । त्यस्तैगरी यसमा पाइने ओमेगा ६ ले दिमाग लाई तन्दुरुस्त राख्न सहयोग र्पुयाउनुका अतिरिक्त अटिजम, छारेरोग आदि लाग्नबाट बचाउँछ ।

भिटामिनः

अष्ट्रिच मिटमा भिटामिन ईर अन्य भिटामिनहरु जस्तै बी १, बी २, बी ५ आदि पाइन्छ । भिटामिन ई ले आँखा, छाला र कपाललाई रोग लाग्नबाट बचाउँछ ।

त्यस्तैगरी महिनावारी सम्बन्धी गडबडीलाई कम गर्न, दूषित हावाबाट पर्ने प्रभाव कम गर्न, नशा सम्बन्धि र डाइबिटिज जस्ता रोगबाट हुने जोखिम कम गर्न पनि मद्दत गर्छ ।

म्याग्नेसियमः

म्याग्नेसियमले शक्ति प्रदान गर्दछ । महिनावारीको समयमाहुने दुखाइ लाई कम गर्छ । तनाव कम गर्नका लागि पनि सहयोग र्पुयाउँछ ।

प्रोटिनः

यसमा पाइने प्रोटिनले मांसपेशीलाई बलियो बनाउन, ब्लडसुगर सन्तुलित गर्न, हड्डी बलियो बनाउन, मुड फ्रेस राख्नलाई मद्दत र्पुयाउँछ ।

आइरन

आइरनले शरीरमा अक्सिन पुर्याउन, तापक्रम सन्तुलित गर्न, एनिमिया जस्ता रोगबाट बचाउन रमांशपेशीलाई बलियो बनाउन सहयोग र्पुयाउँछ ।

पोटासियम

पोटासियम शरिरको प्रत्येक कोषलाई आवश्यक पर्छ । अष्ट्रिच मिटमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न, मिर्गौंलामा बन्न सक्ने पत्थरीको जोखिमलाई न्युनिकरण गर्न र हड्डीलाई बलियो बनाउन सहयोग र्पुयाउँछ ।

सिलेनियम

सिलेनियम शरीरलाई अत्यावश्यक पर्ने मिनरल हो । यस्ले क्यानसर जस्ता रोगसंग लड्ने क्षमतामा बृद्घ गर्दछ । थायराइड नियमित र सन्तुलित गर्न पनि सहयोग र्पुयाउँछ ।

फस्फोरस

फस्फोरस शरीरलाई नभइनहुने मिनरल हो । अष्ट्रिच मिटमा पाइने फस्फोरसले शरिरमा रहेको खरावपदार्थ (टक्सिन) बाहिर पठाउन, दाँत, हड्डी आदिलाई बलियो राख्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

स्वाद पनि

आजकल कतिपय योगा गुरुहरुले मासु नखाएकै राम्रो भन्छन् । तर, मासु खाने मानिसका लागि अष्ट्रिच मिट फाइदै फाइदा भएको मासु हो । राम्रोसँग पकाउन जान्यो भने यस्को स्वाद पनि अत्यन्तै मिठो हुन्छ । यो महंगो पनि छैन ।

अष्ट्रिच मिटमाका विभिन्न परिकार जस्तै अष्ट्रिच सेकुवा, अष्ट्रिच ग्रेभी, अष्ट्रिच तावा, अष्ट्रिच किमा, अष्ट्रिच फ्राई, अष्ट्रिच चिल्ली, अष्ट्रिच सुप, अष्ट्रिच मःम आदि विभिन्न परिकार बनाएर खान सकिन्छ ।

Ostrich Meat

विशेष