समाज

छोरा विदेशमा भएपछि ६५ वर्षीय महिलाले दिइन श्रीमानको दागवती

छोरा विदेशमा भएपछि ६५ वर्षीय महिलाले दिइन श्रीमानको दागवती
dagbatti-nepalaaja
धनुषाको एक एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले आफ्नो श्रीमान्को अन्तिम इच्छा पूरा गर्नका लागि उनको चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन् । दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भइन् । करिब १५ वर्षदेखि दम रोगबाट पीडित रहेको धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी श्रीमानको मृत्यु भएपछि गरिने हरेक विधि व्यवहारमा सक्रिय भएकी हुन । श्रीमान् दागबत्ती श्रीमतीले दिने चलन मैथिली संस्कारमा छैन । तर, अब विस्तारै विस्तारै समाजमा यस्ता जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्ने उनी बताउँछिन् । बाध्यताको कारणले श्रीमानको दागवती दिनुपरेको उनको भनाइ छ । उनका दुई छोरामध्ये जेठो रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो छोरा वीरेन्द्र मलेसियामा छन् । बुबाको निधन भए पनि कम्पनीले घर आउने बिदा दिएन । स—साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले दागवती दिएको गुलेवियाले बताइन् । समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोको भनाइ छ ।

विशेष