समाज

६८ दिन निराहार व्रत वसेकी १३ वर्षीया बालिकाको निधन

६८ दिन निराहार व्रत वसेकी १३ वर्षीया बालिकाको निधन

aradhana असोज २२ । भारतको हैदराबादमा ६८ दिनसम्म निराहार व्रत बसेकी १३ वर्षीया बालिका आराधनाको स्वास्थ्य खराब भएर मृत्यु भएको छ । परिवारको सौभाग्यका लागि आराधनाले व्रत बसेको बताइएको छ । व्रतपालनमा कट्टरता अपनाउने जैन परिवारकी आराधनाले लामो समयको भोक सहन सक्ने अवस्था थिएन ।

बालिकाको परिवारका विरुद्ध मुद्दा दायर गरिएको छ । जैन धर्मको पवित्र चौमासाका दौरान आराधना व्रत बसेकी थिइन् । परिवारका अनुसार आराधना आफ्नै मर्जीले व्रत बसेकी हुन् ।

आराधनाले ६८ दिनको व्रत बसेपछि धुमधामसँग व्रतपारायण गरेकी थिइन् । व्रत तोडेको दुई दिनपछि भने आराधनाको स्वास्थ्य बिग्रियो र उनी बेहोश भइन् । त्यसपछि उनलाई अस्पताल पुर्याइयो र त्यही उनको मृत्यु भयो । आराधनाको पिताको सुनचांदीको पसल थियो र केही समययता पसल घाटामा चलेको थियो । त्यसैले आराधनाको परिवारले व्यापार फलिफाप होस् भनेर आराधनालाई व्रत बस्न लगाएका थिए । चेन्नईका एक सन्तले यस्तो सल्लाह दिएको बताइएको छ । व्रतले सौभाग्य बढ्ला भनी आश गरेको परिवार छोरी गुमाउन बाध्य भयो ।

Aradhana

विशेष