ताजा खबर समाज

२० वर्षिया युवतिको विभत्स हत्या

२० वर्षिया युवतिको विभत्स हत्या

death-main असोज २३ । सप्तरी बोरिया गाविसमा शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

Death

विशेष