समाज

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन
असोज २३ ।  महाष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंस्थित विभिन्न शक्तिपीठको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतिदेवी, भद्रकाली, संकटा भवानीको दर्शन तथा पूजाआजा गरेकी हुन । यसैबीच जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको छ । आश्विन शुक्ल नवमीका दिन कुमारीलाई तलेजु लैजाने परम्परा भए पनि यसपटक महाष्टमी नवरात्रको नवौं दिन परेकाले सो विधि आज गरिएको सहयोगी गौतमरत्न शाक्यले बताए ।

Bidya Bhandarii

विशेष