समाज

पशुबलीको विरोधगर्ने संस्कृति विरोधी हुन् : पूर्व नायब बडा गुरुज्यू

पशुबलीको विरोधगर्ने संस्कृति विरोधी हुन् : पूर्व नायब बडा गुरुज्यू

madav

पशु बलीका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय बताउंछन् । बलीका विपक्ष रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन । तर दशैमा मात्र पशुबलीको चर्चा हुने गरेको छ । गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनु पर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतम बताउछन् । पशु अविवेकशील प्राणी हो उसले मुक्तिको चाहना गरेको हुन्छ ।

विवेकशील प्राणी मानवले मुक्ति पाउन तीर्थ, व्रत दान धर्म, उपकार अनेक साधना गर्नसक्छ तर अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ । अविवेकसिल प्राणीलाई मुक्ति दिन मठमन्दिरमा विधिपूर्वक बलि दिनु पर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशूको अहो भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदन विकृति रोक्नु पर्छ । डा रामचन्द्र गौतम बताउछन् ।

पूर्व नायब बडा गुरुज्यू एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा. डा माधव भट्टराई पशु बलीको विरोध गर्ने हो भने गाँउ टोलदेखि शाकाहारी अभियान चलाउनु पर्ने बताउछन् । ३ सय ६५ दिन गांउ सहरमा काटिने पशुको विरोध नगर्ने तर दसै र मठ मन्दिरमा विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो, म जन्मसिद्ध शाकाहारी हुँ तर पशुबलि शास्त्रसम्मत छ ।

हजारौं वर्ष अघिदेखि बलि प्रथा चलेको हो । देवपूजा, पितृपूजा र विशिष्ट अतिथिको सत्कार गरी तीन सन्दर्भमा बली दिने परम्परा रहदै आएको हो । शास्त्रमा जहाँ बलीको प्रसंग छ त्यहाँ मासु नखानु राम्रो मानिएको छ । खाने हो भने देवता र पितृालाई चढाएर खाए दोष लाग्दैन भनी उल्लेख गरिएको समेत उनले बताए ।

Dasain Madav Bhattarai

विशेष