समाज

छाप्रोमा दशैंमनाउने कुनै योजना छैन् : भूकम्प पीडित

छाप्रोमा दशैंमनाउने कुनै योजना छैन्  : भूकम्प पीडित

bhukampa

असोज २४ । भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन् ।  गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् ।

सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दशैंमनाउने योजना भने नभएको उनि बाउंछिन् । दशैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दशैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दस आएजस्तै छैन ।

यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दशैंको तयारी भने नगरेको बताए । शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दशैं हदैन यसपालि, दशैंको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।

सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।

शिविरमा बस्दै आएकी क्वाठडाैकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दशैंको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको रु १०० ले परिवार धान्नै मुस्किल छ ।

कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाै, दशैंको कुनै तयारी छैन, दशैंमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ । भूकम्पले भत्काएको घरमा गएर बसेका छाँै, दशैंको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो । नेपालीको महान् चाडको रुपमा मनाइने दशैं नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसँैको रौनकले छोएकै छैन ।

भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आउनुभएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताइन । भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दशैं।

यही शिविरमा बस्दै आएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिताले बताइन ।  दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दशैं मनाउन सक्ने अवस्था नभएको बताइन ।

Dasain

विशेष