हास्नुको पाँच फाइदाहरु
आजभोली मानिसहरु विभिन्न समस्याका कारण तनावग्रस्त रहन्छन यसले गर्दा स्वास्थ्यमा प्रतिकुल असर परेको छ। दिनमा कम्तिमा ३/४ पल्ट सबै जोर्निहरु खुकुलो हुन्जेल हास्नु पर्छ। यसले गर्दा शरीर उर्जायुक्त हुन्छ काम गर्ने वातावरण तयार हुन्छ । पाँच फाइदाहरु: १) हास्दा मुटुको राम्रो एक्सरसाइज हुन्छ। रक्त संचार राम्ररी भएर हृदय मजबुत हुन्छ तथा हृदयघात हुने सम्भावना घट्दछ । २) हाँस्दा हानिकारक किटाणु नस्ट हुन्छन र क्यान्सर लगायत अन्य रोगहरु लाग्ने सम्भावना घट्दछ साथै शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । ३) यदि कसैले बिहान हास्य योग गर्दछ भने उ दिनभर प्रसन्न रहन्छ जस्ले गर्दा कामको पनि सकारात्मक नतिजा निस्कन्छ साथै राती राम्रो निन्द्रा लाग्दछ । ४) हाँस्दा सकारात्मक उर्जा पैदा हुन्छ । काम गर्ने माहोल बन्छ भने नातागोता साथिभाइमा श्रद्दाभाव बढ्छ । ५) दैनिक सरदर एक घन्टा हास्दा ४०० कैलोरी उर्जा खपत हुन्छ । यस्ले गर्दा मोटोपन काबुमा आउदछ । त्यसैले खुसी रहौ मस्तले काम गरौ । benifits of laughing hasnu ko faida