समाज

दशैमा नेपाली सेनाको निःशुल्क बस सेवा

दशैमा नेपाली सेनाको निःशुल्क बस सेवा

nepal-army असोज २४ । दशैंभर यात्रुलाई सुविधा दिन भन्दै नेपाली सेनाले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा शुरु गरेको छ । बुधवारसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ गाडी सञ्चालन गरिएको छ ।

गाडी नवमी र दसैंका दिन मध्याह्न १२ र साँझ ४ बजे दुइ पटक तथा एकादशीका दिन बिहान ६ बजे सेवा थप गरी तीन पटक सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । सेवाअन्तर्गत पहिलो मार्गमा माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा सेवा सञ्चालन गरिएको छ ।

दोस्रो मार्गमा भद्रकाली, जमल, नारायणगोपालचोक, बुढानीलकण्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ हुँदै माइतीघर छ । तेस्रो मार्गमा माइतीघर, कलङ्की, टेकु हुँदै थापाथली तथा चौथोमा माइतीघर, गौशाला, जोरपाटी, नारायणगोपालचोक, लाजिम्पाट हुँदै कान्तिपथ छ । पाँचौँमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, सातदोबाटो, कोटेश्वर, चापागाउँ, तीनकुने, बानेश्वर र सहिदढोका छ ।

Nepal Army

विशेष