समाज

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढीको बलि

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढीको बलि
bali-nepalaaja
महेन्द्रनगर (धनुषा), २५ असोज । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ६१७ बोकाको बलि प्रदान भएको छ । अष्टमीको राति ८ बजेबाट सुरु भएको बोका बलि प्रदानको कार्यक्रम सोमबार बिहान सकिएको छ । अघिल्लो वर्ष १३ हजार ६८४ बोका बलि प्रदान भएको थियो । आयोजक महावीर युवा कमिटीले यसपटक १८ हजारसम्म बोका बलि प्रदान हुनसक्ने दाबी गरेको थियो । यद्यपि अघिल्ला वर्षको तुलनामा यस वर्ष ९३३ बढी बोका बलि प्रदान भएको छ । विगतमा २०७० सालमा १४ हजार ८६१ बलि प्रदान भएको थियो भने त्यो सङ्ख्या घटेर २०७१ सालमा १४ हजार ७२२ मात्र बोका बलि प्रदान भएको थियो । अघिल्लो वर्ष २०७२ को तुलनामा यसपटक बोका बलिको सङ्ख्या बढी देखिए पनि २०७० र २०७१ को तुलनामा बोका बलि घटेको देखिन्छ । एउटा बोकाको बलिको लागि रु १५० को रसिद काट्नु पर्ने हुन्छ । यसरी प्रदान भएको बलिबाट रु २१ लाख ९२ हजार ५०० उठेको महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाउनुभयो । रासस

Rajdevi Mandir

विशेष