समाज

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान
bidhya-devi-bhandari-nepalaaja
काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाउनुभयो । राष्ट्रपतिलाई उहाँले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित हुनुहुन्थ्यो । सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइनुभयो । साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभएको थियो । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ । रासस

bidhya devi bhandari putting dashain tika

विशेष