समाज

नेवार ससुराली बनाएका गैरनेवार नेता

नेवार ससुराली बनाएका गैरनेवार नेता
newar-sasurali-banaka-neta-nepalaaja
पूर्वप्रधानमन्त्रीहरु मनमोहन अधिकारी, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओलीले काठमाडौँका रैथाने नेवारका छोरी विहे गरे । प्रधानमन्त्री नभएपनि राजनीतिक केन्द्रमा पकड बनाएका अमृत बोहोरा, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, अशोक राई, शंकर पोखरेल, लीलामणि पोखरेल, गोकर्ण विष्टलगायतका नेताको पनि ससुराली नेवार नै हो । भुमिगत राजनीतिक जीबन सहज बनाउन धेरैले नेवार समुदायलाई ससुराली बनाए । रणनैतिक र राजनीतिक उद्देश्यले प्रेम र विवाह भयो । नेवार समुदाय ससुराली बन्यो । कतिको भने सरसंगत र भावनात्मक पक्ष केन्द्रीत भएरै प्रेम र विवाह भएको थियो । केपी ओली र राधिका शाक्य
kp-sharma-oli-and-wife-nepalaajaझापाका कुमाइ बाहुन ओलीले काठमाडौँकी रैथाने शाक्यसँग जनवादी विहे गरेका हुन् । निसन्तान ओली र शाक्यले राजेश बज्रचार्यलाई धर्मपुत्र सरह ग्रहण गरेका छन् । जेलनेल भोगेका र छट्टु नेताको छबी बनाएका झापाली ओलीसँग राधिकाको प्रेम उदाहरणीय मानिन्छ । जीबनका जस्तै उकाली ओरालीमा ओलीलाई अहोरात्र साथ दिएकी राधिका कुसल गृहणी मानिन्छिन् । पार्टीपंक्तिभित्रै ओलीको बाह्यसम्बन्ध रहेको भनी गाईंगुँइ चलेपनि राधिकाले त्यस्ता चर्चाप्रति सायदै चासो दिइन् । बरु जोसँग चर्चा गरिएको हो उसैसँग सहकार्य गर्न सक्ने विशाल हृदय र फराकिलो सोच उनले प्रस्तुत गरिन् । झलनाथ खनाल र रवीलक्ष्मी चित्रकार
jhalnath-khanal-and-wife-nepalaajaइलामका ब्राह्मण पुत्र झलनाथ खनाल जसको घरमा डेरा बसेको हो उसैको छोरी भगाएको भन्दै गर्व गर्छन् । नरदेबीकी रवीलक्ष्मी चित्रकारसँग विवाह गरेका खनाल निरन्तर समाचार बनिरहने नेता हुन् । यसको ठीक उल्टो स्वाभाव छ उनकी श्रीमतीको । उनी मिडियाभन्दा टाढा प्राज्ञ जीबन बिताउन रुचाउँछिन् । झलनाथ खनाल प्रधानमन्त्री हुँदा यदाकदा सँगै दे खिएपनि रवी मिडियाबाट टाढा रहन चाहन्छिन् । टेलिभिजन कार्यक्रममा दम्पत्तिलाई बोलाउन धेरै पटक गरिएको प्रयास रबीको अस्विकृतिका कारण विफल भएको बताइन्छ । अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य
सबैभन्दा बिद्रोही विवाह अष्टलक्ष्मी शाक्यले गरको देखिन्छ । काठमाडौँकी रैथाने अष्टलक्ष्मीको परम्परागत विवाहका लागि मगनी अर्थात बरबधुको बीचमा सुपारी साट्ने काम भइसकेको थियो । विवाहको साइतपनि जुरिसकेको थियो । बुबाआमा विवाहको तयारीमा जुटेका थिए । ०३६ सालतिर विद्यार्थी राजनीतिको राप र ताप बढेको थियो । आरआर कलेजमा पढ्दै गरेकी अष्टलक्ष्मीमा राजनीति रसाइसकेको थियो । उनले विवाहलाई अवरोधका रुपमा विश्लेषण गरिन् र विहे नगर्ने निधोमा पुगिन् । उनले सिरानीमा चिठी छाडेर सुटुक्क भुमिगत भइन् । फसाद पर्‍यो बुबाआमालाई । हुनेखाने परिवारमाथि अष्टलक्ष्मीका कारण बज्रपात पर्‍यो । छोरीले ‘नाक काटेपछि’ बुबाले असाध्य पीडा महशुस गरे । पार्टी (माले)ले उनलाई सिन्धुपाल्चोकको पिष्करमा भूमिगत रूपमै काम गर्ने गरी खटायो । क्रान्तिकारी चेतका कारण काठमाडौंमा जन्मेर हुर्केकी अष्टलक्ष्मीका लागि सिन्धुपाल्चोकको दुर्गम गाऊँपनि असहज लागेन । पार्टी कामकै सिलसिलामा माथिल्लो कमिटीमा रहेका अमृत बोहरासँग प्रेमलाप भयो । भूमिगत भएको एक वर्षमै ०३७ मा नरदेवीस्थित रवि चित्रकार (झलनाथ पत्नी)को घरमा उनीहरुको जनवादी विवाह भयो । घरबाट हिडेपछि अष्टलक्ष्मी र बुबासँग भेटसमेत भएन । सिन्धुपाल्चोकको क्षेत्री केटासँग विहे गरेकी अष्टलक्ष्मी जेलमा समेत परिन् । भुमिगत जीबनको उत्तरार्धमा बुबा उनलाई भेट्न इलाम जेल पुगे । त्यसपछि बल्ल माइतीको ढोका अष्टलक्ष्मीका लागि खुला भयो । ईश्वर पोखरेल र मीरा ध्वजू
ishor-pokharel-and-wife-nepalaajaनेकपा एमालेका महासचिव ईश्वर पोखरेलको पनि ससुराली नेवार नै हो । भुमिगत कालमै उनले मीरा ध्वजूसँग जनवादी विवाह गरेका हुन् । २०४० सालमा विवाहबन्धनमा बाँधिएका उनीहरुको विवाह रोमाञ्चक छ । मिरा शिक्षक संगठनमा सक्रिय थिइन् । ईश्वर पार्टीको केन्द्रीय समितिमा थिए । पार्टीले नै विवाहको बन्दोवस्त मिलाएको थियो । नेवार केटीसँग ससुराली नै गएर विहे गर्ने विरलै मौका पाएका नेता हुन् ईश्वर । शुरुमा ईश्वरले आफ्नो वास्तविक परिचय ससुरालीसँग लुकाएका थिए । शिक्षककै रुपमा प्रस्तुत भए । ससुरालीले धेरैपछि थाहा पाए, ज्वाँईं त भुमिगत भइसकेकोे नेता पो रहेछन् । सुरेन्द्र पाण्डे र पूर्णशोभा चित्रकार
एमालेका नेता सुरेन्द्र पाण्डेको विवाह ०४२ सालको मंसिर महिनामा झलनाथ खनालकी साली पूर्णशोभा चित्रकारसँग भएको हो । दिदीले पार्टी महासचिव झलनाथ खनालसँग विवाह गरेकाले पूर्णशोभाका लागि सम्बन्ध सहज भएको थियो । जीवराज आश्रति, माधव नेपाल, झलनाथ खनाललगायत पार्टीका नेताको उपस्थितिमा भएको सो विवाह समकक्षी बीचको विवाह थियो । यसअघि पुरुष नेता र महिला कार्यकर्ताबीचको विवाहको परम्परालाई यो जोडीले तोडेको थियो । पाण्डे काठमाडौं र चित्रकार ललितपुरको सचिव रहेका बेला जनवादी विवाह भएको थियो । गोकर्ण विष्ट – प्रतिमा श्रेष्ठ
भुमिगत कालमा नेवारसँग सुटुक्क विहे गर्ने एमालेका नेता धेरै छन् । खुला राजनीतिमा आएपछि मज्जैले बिहे गर्ने मौका पाए गोर्कण बिष्टले । एमालेका युवा नेता गोकर्ण विष्ट गुल्मीका हुन् । उनले ०५० सालमा असनकी प्रतिमा श्रेष्ठसँग म्हैपी मन्दिरमा प्रेमलाई मागी विवाहमा बदल्न सफल भए । त्रिचन्दमा अनेरास्ववियुको राजनीति गर्दै गरेकी श्रेष्ठको विवाहलाई परिवारले समेत सहज स्विकार गरेको थियो । शंकर पोखरेल र सुजाता शाक्य
shankar-pokharel-nepalaajaदाङका पोखरेल विद्यार्थी राजनीतिका चर्चित नेता थिए । ०५० को दशकमा शंकर कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति हुँदा सुजाता शाक्य टिचिङस्थित नर्सिंङ क्याम्पसकी स्ववियु सभापति थिइन् । विद्यार्थी संगठनमै सक्रिय रहँदा शंकर र सुजाताको माया बसेको थियो । माया विवाहमा रुपान्तरण भयो । बाबुराम भट्टराई र हिसिला यमी
baburam-and-hisila-yami-nepalaaajबोर्ड फष्टका रुपमा अध्ययनशील छबी बनाएका बाबुराम र हिसिलाको मायाप्रिति र विहे बडो गजबको छ । बाबुराम र हिसिलाको स्वभाव फिटिक्कै नमिल्ने जानकारहरु बताउँछन् । फरासिली स्वभावकी हिसिला काठमाडौँकी रैथाने हुन् । ब्रहामण परिवारका बाबुराम अन्तरमुखी स्वभावका छन् । यि दुबैको भेट भारतमा अध्ययन गर्दा भएको हो । पहिलो भेटमै बाबुरामले यमी थर सुन्दा बाबुरामले फ्याट्टै सोधे, ‘धर्मरत्न यमीको छोरी हो ?’ आफ्नै बुबाको बारेमा उतिसारो नजानेकी हिसिला बाबुरामले बुबाको बारेमा बताउँता तीनछक परिन् । एकपछि अर्को चस्का दिंदै बाबुरामले हिसिलाको मन जिते । कहिल्यै विवाह नगर्ने मुडमा रहेका बाबुरामले बर्हिमुखी स्वभावकी हिसिलासँग जीबनगाँठो कसे । उनीहरुले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेर भारतमा स्वामी अग्नीभेषको उपस्थितिमा विहे गरेका थिए । लीलामणि पोखरेल र शशी श्रेष्ठ
कम्युनिष्ट नेताहरु सकभर विशेष तिथिमा नेताको जन्मदिन पार्ने गर्दछन् । एकीकृत नेकपा माओवादीका नेता लिलामणि पोखरेल र भक्तपुरकी शशी श्रेष्ठले कार्ल माक्र्सको जन्मदिन पारेर वैशाख २७ गते, ०४२ सालमा विहे गरेका थिए । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष रहेका पोखरेलले पद्यमकन्या क्याम्पसकी विद्यार्थी नेतृसँग प्रेमलाप पश्चात विहे गरेका थिए । साहित्यकार पारिजातको निवासमा उनीहरुको विवाह भएको थियो । दाजु श्याम श्रेष्ठ (हाल सांसद र राजनीतिक विश्लेषक) नेता भइसकेकाले शशीलाई अन्तरजातिय विवाह गर्न सहज भयो । अशोक राई र सुशीला श्रेष्ठ
तत्कालिन नेकपा एमालेका नेता अशोक राई भोजपुरको राजनीतिमा सक्रिय थिए । ०३५ तिर उनको चिनजान सुशीला श्रेष्ठसँग भएको थियो । विस्तारै राजनीतिक सम्बन्ध भावनात्मक बन्दै गयो । ०३८ सालमा भोजपुरको छिन्नामखु गाविसस्थित रिठ्ठाकोटे गाउँकी लक्ष्मी राईको घरमा उनीहरुको विवाहको बन्दोवस्त पार्टीले मिलाइदियो । मोरङका मनमोहन अधिकारीले क्रान्तिकारी विहेको विधि बसालेका थिए । साधना प्रधानसँग बिहे गर्दै अन्तर्जातीय विवाहको उदाहरण बसाएका थिए कम्युनिष्टपार्टी भित्र । विहेपछि अधिकांश नेतृको राजनीतिक जीबन समाप्त भएको देखिन्छ । अष्टलक्ष्मी शाक्य, हिसिला यमी, शशी श्रेष्ठलगायतका केही नेतृको राजनीतिक जीबन उठेपनि अरु भने विवाहपछि क्रमशः नेताकी श्रीमतीमा सिमित भएको देखिन्छ ।

newar sasurali banaka neta

विशेष