अमिताभले गीत गाउने

बलिउड सुपरस्टार अमिताभ बच्चन कुनै समय राम्रो स्वर नभएकाले नै रेडियोमा दिएको स्वर परीक्षणबाट फालिएका थिए । तर, फिल्ममा सफलता पाएसँगै उनको आवाजका पनि राम्रै प्रशंसक छन् । त्यसैले अहिले उनले जे गरे पनि सफल हुन्छ । अब यो सफलताको श्रेणीमा उनले नयाँ इतिहास बनाउँदै छन् । उनले गर्न लागेको नयाँ काम हो– गीत गाउनु ।
अहिले बलिउडमा अनुमान छ– अमिताभले गाउने गीत सुपरहिट हुनेछ । यस्तो किन भने उनले जे बोल्छन् त्यो अहिले सबैले सुन्छन् । झन् अहिले त अमिताभले भारतीय सेनाको प्रशंसामा गीत गाउन लागेका हुन् । त्यसैले पनि भारतीय बजारमा यसको व्यापक चर्चा हुने अनुमान छ ।
Amitav Bacchan