स्वास्थ्य

दम रोग - कारण, लक्षण र घरेलु उपचार

दम रोग - कारण, लक्षण र घरेलु उपचार

 


दम रोग फोक्सोको रोग हो । सास लिन कठिनाइ हुनु साथै अक्सिजन शरीर भित्र रगतमा प्रवेस गर्न कठिनाइ हुँदा दम रोगले नराम्ररी च्याप्दछ।

दम हुनुको कारण


एलर्जी, वायु प्रदुषण, धुम्रपान एवं सुर्तिजन्य पदार्थको सेवन, श्वास नली र फोक्सोको संक्रमण, अनुबंशिक, मौसमको कारण, मोटोपन , तनाब आदि ।

दमको लक्षण:


१) श्वास लिन कठिनाइ २) सुत्न असजिलो ३) खोकी ४) निन्द्रामा बेचैनी ५) थकावट

घरेलु उपचार


१) अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्र्णको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने ।

२) कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर संवाद अनुसार मिश्री मिलाइ दिनको ३/४ पटक पिउने ।

३) अमलालाइ कुटेर लेदो बनाइ महसँग मिलाइ सेवन गर्ने ।

४) एक चम्चा महसँग आधा चम्चा दाल्चीनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडी सेवन गर्ने ।

५) प्याजलाइ सलाद्को रुपमा प्रयोग गर्दा दममा राहात मिल्दछ ।

६) एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अघाडी पिउने ।

७) पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने । पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने । धुवाँधुलो चिसो अस्वास्थकर वातावरणबाट जोगिने ।

asthama cause symptoms and prevention dum rogh

विशेष