जापानले बनायो दुरुस्तै सक्कली डिजिटल बालिका
जापानले सक्कली मान्छे जस्तै देखिने कम्प्युटर बालिका बनाएर संसारलाई आश्चर्यमा पारेको छ । साया नाम दिइएकी यी बालिकाको स्कूल ड्रेस, कट मिलाइएको कपाल अनि निर्दोष अनुहार हेर्दा मान्छेलाई उनी कम्प्युटर हुन् भन्ने पत्यार नै लाग्दैन ।
साया तयार गर्ने टिमकी महिला ग्राफिक आर्टिस्ट यूका इशिकावा भन्छिन, ‘सायालाई देख्नेबित्तकै मान्छेले कतै देखेको जस्तो लाग्ने वा फलानीजस्तो लाग्ने बताउँछन् ।’ यूका र उनका पतिले सायाको तस्वीरलाई इन्टरनेटमा सार्वजनिक गरेपछि मात्र पो मान्छेलाई यी कम्प्युटर डिजाइन गरिएकी बालिका हुन् भन्ने पत्ता लाग्यो ।
यूका भन्छिन, ‘हामीले सायालाई मानवीय बनाउनका लागि शिरदेखि पाउसम्म मेहनत गरेका छौं ।’ सधैं १७ वर्षकी जस्ती देखिन्छिन् साया । सायाको तस्वीर देखेर एकजनाले ट्विट गर्दै भने, ‘यो त वास्तविक बालिकाको तस्वीर हो ।’अन्य व्यक्तिले पनि साया वास्तविक बालिका नै जस्तो देखिने प्रतिक्रिया दिए ।
यसै साता सायालाई एनिमेटेड भर्जन जापानको कन्ज्युमर इलेक्ट्रोनिक प्रदर्शनीमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ । तर सायाको चालमा प्राकृतिकता ल्याउनु ठूलो चुनौती भएको इशिकावा दम्पती बताउँछन् ।
उनीहरू सायाले प्राकृतिक बालिका जस्तै कुरा गर्न तथा मानिसलाई भावनात्मक सहयोग गर्न सक्ने आश गरेका छन्
Digital Balika Japan