समाज

राष्ट्रपति भण्डारीकी कान्छी छोरीको इन्गेजमेन्ट आज

राष्ट्रपति भण्डारीकी कान्छी छोरीको इन्गेजमेन्ट आज

ingagement

असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने भएको छ ।

अति गोप्य तवरले निशाकुसुम र अभिषेकबीच सितल निवासमा बिहान ९ बजे हुन लागेको टिकाटालो कार्यक्रममा केही आफन्त र एमालेभित्रका सिमित नेताहरुलाई निम्ता दिइएको छ । इङ्गेजमेन्ट कार्यक्रममा केटा पक्षको परिवारका सदस्य र केही आफन्त पनि उपस्थित हुने छन् ।

राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच विवाहको विषयमा यसअघि नै परिचर्चा चलेको थियो । प्रेममा रहेका निशाकुसुम र अभिषेकको बिवाहका लागि दुबै पक्षका परिवार राजी भएकाले इङ्गेजमेन्ट कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।

Nisa Bhandari

विशेष