समाज

यस्तो गाउँ जहाँका वासिन्दाले दसैंलाई एक साता पछाडि सारिदिए, उनीहरुको टीका ४ कात्तिकमा

यस्तो गाउँ जहाँका वासिन्दाले दसैंलाई एक साता पछाडि सारिदिए, उनीहरुको टीका ४ कात्तिकमा

Dashain_aayo1-450x293असोज ३० । नेपाली हिन्दूको ठूलो पर्व दसैं सकिइसकेको छ । तर, मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने चित्लाङका चार गाउँका गोपाली र गमाल जातिले भने ४ कात्तिकमा दसैंको टीका लगाउने भएका छन् । उनीहरुले यो वर्षको दसैं एक सातापछि मनाउने गरी सारेका हुन् ।

गोपाली र गमाल समुदायले परम्परागत चम्पकेशवर महादेवको जात्रा लाग्ने दिन कात्तिक सक्रान्तिभन्दा अघि नै दसैं परेकोले पछि सारेका हुन् । कात्तिक सक्रान्तिको आठौं दिनमा महानवमी परेकोले दसैंपछि सरेको गोपाली समुदायका ९२ वर्षीय आरसिंह गोपालीले बताए । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि आँग अर्थात प्रसादका लागि जाँड राख्ने दिने हो ।

‘कात्तिक सक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मान्थ्यौं’४८ वर्षीय अंक गोपालीले भने । चित्लाङको गोपालीको बसोवास रहेको न्हूलगाउँ र टौखेल तथा गमालको बसोवास रहेको कलाँटु र तल्लो विसिङवासीले दसै सारेको शिक्षक परशुराम गमालले जानकारी दिए । नयाँ पत्रिकाबाट

विशेष